बुटवल । बुटवल उपमहानगरपालिका-११ को डम्पिङ साइटमा नवजात शिशुको शव भेटिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार मंगलबार बिहान मजुवाको फोहोर फाल्ने ठाउँमा शव भेटिएको हो ।
महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको हुनसक्ने पण्डितले बताए । स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृत शिशु पोष्टमार्टका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।