बुटवल । बुटवलको पुरानो बसर्पाकस्थित ‘हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ले कुहिएको र सडेकाे मासुबाट बिरयानी बनाउने गरेको खुलेको छ।
केही वर्षअघि सुरू भएको मट्का बिरयानीले छोटो समयमा ग्राहकको मन जित्दै गएपनि बिरयानी तयार गर्दा कुहिएको र सडेकाे मासु प्रयोग गर्ने गरेको पाइएको हो।
एक ग्राहकले बिरयानी खाने क्रममा फोहोर भाडामै दिएको गुनासो पछि हैदरावाद दम बिरयानीमा अनुगमन गरिएको थियो।
बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च बुटवल नगर कमिटी सहितको टोलीले अनुगमन गर्दा कुहिएको मासु, छाला भेटिएको हो।
बुटवल उपमहानगरपालिकाका अनुगमन शाखाका ठगिश्वर पोखरेलले ग्राहकको गुनासोको आधारमा हैदराबादी दम बिरयानीमा अनुगमन गरिएको र ५६ केजी मासु र कुखुराको छाला नष्ट गरिएको बताउदै जनस्वास्थमा खेलबाड गरेकाे भन्दै कार्यविधि अनुसार जरिवाना गर्ने उनले भने।