बिगत भन्दा फरक र आधुनिक रुपमा सञ्चालन हुँदै बुटवलको औद्योगिक प्रदर्शनी

बिज्ञापन

बुटवल । रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई विगतको भन्दा परिमार्जित एवं विशिष्टिकृत गर्ने योजना र लक्ष्य सहित काम अगाडि बढाएको छ ।

बिज्ञापन

आगामी पुस ७ देखि १९ गतेसम्म आयोजना गर्न लागिएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीका क्रममा विगतका अयोजना भन्दा नयाँ ढंगको व्यवस्थापन तथा सहभागिता रहने जनाइएको छ । राजधानी वाहिर निर्माण भैरहेको आधुनिक प्रदर्शनी स्थलमा पहिलो पटक आयोजना हुन लागेको प्रदर्शनीप्रति सबैको चासो बढेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित बुटवल मण्डपमा निमार्णााधीन आधुनिक प्रदर्शनी केन्द्रमा संघले पहिलो पटक प्रदर्शनी गर्न लागेको छ । प्रदर्शनी केन्द्रको भौतिक निर्माणको काम पुरा नभएको भएपनि प्रदर्शनी आयोजना गर्न सकिने अवस्था बनेको हुँदा त्यसमा आवश्यक थप कामहरु पुरा गरी कार्यक्रम सम्पन्न गर्न लागिएको उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले बताए ।

बिज्ञापन

नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ बुटवलमा आधुनिक प्रदर्शनी स्थलमा प्रदर्शनी आयोजना गर्न लागिएको छ । संघले आयोजना गर्न लागेको यो प्रदर्शनी पन्ध्रौं संस्करण हो । ‘प्रदर्शनीमा स्वदेशी उत्पादन र प्रविधिमात्र समावेश गरिने हँदा यसको छुटै पहिचान छ । हामीलाई उपभोक्ता र दर्शकको कुनै कमी रहदैन ।” प्रदर्शनी मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष माधव प्रसाद पौडेलले भने । कोरोनाका कारण लामो समयदेखि प्रदर्शनी आयोजना हुन नसकेकाले पनि यसपटक संघले आयोजना गर्न लागिको प्रदर्शनीप्रति सबैतर्फ उत्साहको माहोल पाएको उनले बताए ।

स्टल दर्तामा चाँप, स्टल सिमित

प्रदर्शनीमा सहभागिताको लागि स्टल दर्ताको चाप धेरै भएको आयोजकले जनाएका छन् । स्टल बुकिङ खुल्ला गरिएको र दर्ताको काम अन्तिम चरणमा पुगेको प्रदर्शनी सदस्य सचिव हरिबहादुर खत्रीले बताए । रुपन्देही उद्योग संघले आयोजना गर्ने प्रदर्शनीमा स्टलको चाप सधै रहने बताउदै निश्चित मापदण्ड र प्रक्रिया पुरा गरेका स्वदेशी उत्पादनहरु मात्र समावेश गरिने हुँदा अन्य मेला जस्तो नहुने उनको भनाई छ । प्रदर्शनीमा सहभागिताका लागि स्टलको माग गर्दै धेरै उद्योगीहरु आएको खत्रीले बताए ।

स्टल व्यवस्थापन उपसमितिका संयोजक दिलिप सापकोटाका अनुसार यसपटक प्रदर्शनीलाई व्यवस्थित बनाउने गरी विभिन्न प्रकृतिका ९ वटा आधुनिक पेभिलियनको निर्माण गरिने छ । जसमा खाद्यान्न, हस्तकला, वेकरी, किचेन वयर, कृषि, जुत्ता चप्पल, कस्मेटिक, गार्मेन्ट र औद्योगिक गरी ९ वटा पेभिलियन रहने सापकोटाले बताए । ती पेभिलियनहरुमा कममा ३२ र वढीमा ३९ वटासम्म स्टल रहने छन् । स्वदेशी उत्पादन मात्र समावेश गरिने प्रदर्शनीमा राष्ट्रिय स्तरका उद्योगहरुसहित यस क्षेत्रमा सानाठूला उद्योगका उत्पादनहरु रहने उनको भनाई छ । ‘हामीले रातदिन नभनी कामलाई तिव्रता दिएका छौं, समयभित्रै प्रदर्शनी स्थलमा बन्ने सम्पूर्ण भौतिक संरचना तयार हुनेछन्’–सापकोटाले भने ।

प्रदर्शनीमा सहभागिताका लागि स्टलको माग देख्दा पु¥याउन नसकिने होकि भन्ने चिन्ता लागेको प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीले बताए । भण्डारीका अनुसार हालसम्म २५० स्टल दर्ता भैसकेको र सिमित स्टलहरु मात्र बाँकी रहेकोले अव सहभागी हुन आउने उद्योगहरुको छनौट गर्नु पर्ने बाध्यता आउन सक्ने हुँदा चाहना राख्ने उद्योगीहरुलाई चाडो आउन आग्रह गरेका छन् ।

मैदानमा निर्माणको काम

अहिले प्रदर्शनी स्थल बुटवल मण्डपमा निर्माणको धमाधम अगाडि बढेको छ । प्रदर्शनीको मुल केन्द्र हलको छाना छाउनका लागि आवश्यक टिन भन्सारमा आएको र फिट गर्ने काम छिटै सुरु हुने जनाइएको छ । त्यसपछि स्टल पार्टिसनको काम थालिने स्टल निर्माण समितिका संयोजक सापकोटाले बताए ।

यता मञ्च, होटेल/रेष्टुरेण्ट तथा बाल मनोरञ्जन स्थलको मैदान सम्याउने र निर्माण गर्ने कामको थालनी भएको छ । यसैगरी पार्किङको व्यवस्थापन, टिकट घरको निर्माण र प्रचार प्रसारको काम छिटै सुरु हुने प्रचारप्रसार उपसमितिका संयोजक लालहरि पाण्डेले बताए ।

सापकोटाका अनुसार स्टल राख्ने आधुनिक हलको काम सकिएको र त्यसमा स्टलहरु बनाउने गरी नक्शा डिजाइन गरिएको छ । त्यसैगरी निमार्णाधीन केन्द्रको उत्तरतर्फको भागमा मञ्च र होटल रेष्टुरेन्ट राखिने योजना सहित जमिन सम्याउने काम अगाडि बढेको छ ।

धमाधम उपसमिति विस्तार

प्रदर्शनीको काम व्यवस्थित रुपमा अगाडि बढाउने उद्देश्य सहित विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुलाई समेटर ३१ वटा विभिन्न उपसमिति गठन गरी जिम्मेवारी वाँडफाँड गरिएको छ । यसरी गठन गरिएका उपसमितिहरुको बैठक वसी कामलाई अगाडि बढाउने गरेको संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए । यसैक्रममा संघका महिला सचिव मञ्जु भुसालको संयोजकत्वमा गठित परिचयपत्र (स्टल) उपसमिति विस्तार गरिएको छ । जसको सहसंयोजकमा अर्जुन सापकोटा, सदस्यहरुमा गणेश पाण्डे, मधु पोखरेल र नेत्र प्रसाद आचार्य रहेका छन् । यता सास्कृतिक उपसमितिको संयोजक मोहनीलाल रिजाल, सहसंयोजकमा लक्ष्मण खड्का र सदस्यहरुमा डिल्लीनारायण पाण्डे, गोपाल अधिकारी, लोकेन्द्र शाह, नारायण लेकाली, दिपक कार्की, दिपक गर्रौजा, रुकु पाण्डे, तिलक नेपाली, विजय सापकोटा, मिना बुढाथोकी रहेका छन् ।

विशाल वेलवासे संयोजक रहेको विद्युत व्यवस्थापन उपसमितिको सहसंयोजकमा देवीराम पाण्डे, सदस्यहरुमा प्रेमलाल पाण्डे, महेन्द्र सुवेदी, ऋषि पाठक, यज्ञनाथ मरासिनी र किसनबहादुर केसी रहेका छन् ।

सम्बन्धित खवर

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै

बंगलादेशसँग नेपाल २१ रनले पराजित

सामाजिक सेवा समूह देवदह प्यानलको अध्यक्षमा सुरेश सुनार चयन

देवदहमा निबन्ध लेखन, हाजिरी जवाफ र हस्तलेखन प्रतियोगिता

नमुना एभरग्रिनमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न 

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन