बाल संगठन रुपन्देहीद्धारा विभिन्न प्रतियोगिता सम्पन्न

बुटवल । राष्ट्रिय बाल दिवस–२०७९ को अवसरमा नेपाल बाल संगठन रुपन्देहीले बालबालिकाहरुलाई लक्षित गरेर कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको बिचमा वक्तृत्वकला प्रतियोगिता, कक्षा ८-१० सम्मका विद्यार्थीहरूको बिचमा वादविवाद प्रतियोगिता र विद्यालय स्तरीय एकल लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

बुटवलको अम्रपाली होटल एण्ड रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको उक्त प्रतियोगितामा रुपन्देहीका ५० बढि बिद्यालय सहभागी भएका थिए। एकल नृत्य प्रतियोगितामा क्यानन उच्छ मा.वि का कक्षा ८ मा अध्यनरत नेश्मा गुरुङ प्रथम भएकी थिइन् भने एभरेष्ट मा.वि को कक्षा ८ मा पढ्ने युवा थापा मगर द्धितिय, न्यु ईन्भारोमेन्ट ई.से. स्कुल कक्षा १० मा पढ्ने अञ्जना गुरुङ तृतिय र ज्ञानपुञ्ज बोर्डिङ स्कुलको कक्षा १० मा पढ्ने नेनिश पुन र जनज्योति मा.वि को कक्षा ५ मा पढ्ने समीक्षा सेन्चुरी सान्त्वना स्थान हासिल गर्न सफल भएकी थिइन ।

त्यस्तै वादविवाद प्रतियोगितामा सैनामैना मा.वि को अस्मिता पोखरेल प्रथम, ग्रीनप्लान्ट आवाशिय मा.वि कक्षा ८ मा अध्ययनरत आर्यन धमला द्धितिय, न्यु होराईजन मा.वि को कक्षा १० मा अध्ययनरत कविता अर्याल तृतिय र कालिका मानवज्ञान मा.वि को कक्षा १० मा अध्यनरत मनिषा पराजुली सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

त्यसैगरी वक्तृत्वकला प्रतियोगितामा ग्रीनप्लान्ट आवाशिय मा.वि कक्षा ७ मा अध्ययनरत स्वीकृति न्यौपाने प्रथम, ड्रीम भिजन स्कुल कक्षा ८ कि कृपा उपाध्याय द्धितिय, होराईजन मा.वि को कक्षा ८ मा अध्ययनरत अन्शु चापागाईं तृतिय भएकी छन भने उक्त प्रतियोगितामा कालिका मानवज्ञान मा.वि को कक्षा ८ मा अध्ययनरत दिपेश भट्टराई सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्रीतिय, तृतीय र सान्त्वना हुनेलाई क्रमस १० हजार,५ हजार,३ हजार र पन्ध्र सय सहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको नेपाल बाल संगठनका कार्यसमिति सदस्य सुरज भट्टराईले जानकारी दिनुभयो।

साथै नेपाल बाल संगठन रुपन्देहीका गतिविधिलाई सञ्चारको क्षेत्रबाट आम जनमानसमा पुर्याउनु निर्वाह गर्नुभएको भन्दै पत्रकार रविन्द्र गुप्ता र बाल उद्दार तथा प्रतिभाको प्रस्फुटनमा उल्लेखनीय योगदान गर्नुभएकोमा पत्रकार ईन्द्र बहादुर खत्रीलाई कदर पत्र द्वारा सम्मानित गरिएको थियो । नेपाल बाल संगठन रुपन्देहीका सभापति साजन भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष बिधा न्यौपानेको प्रमुख आतिथ्यतामा र संगठनको सचिब कल्पना पाडे मगरको सञ्चालनमा भएको थियो।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने