बुटवल । राष्ट्रिय बाल दिवस–२०७८ को अवसरमा नेपाल बाल संगठन रुपन्देहीले बालबालिकाहरुलाई लक्षित गरेर चित्रकला, बाल गित र बाल कविता प्रतियोगिता सम्पन्न गरेको छ । बुटवलको कालिका मानवज्ञान विद्यालयमा सम्पन्न भएको उक्त प्रतियोगितामा रुपन्देहीका २२ बिद्यालय सहभागी भएका थिए ।
नेपाल बाल संगठनले चित्रकला प्रतियोगिता र बालगित प्रतियोगितालाई कक्षा १–६ सम्मको समुह–क र कक्षा ७–१० लाई समुह–ख गरी दुई समुहमा विभाजन गरी सञ्चालन गरेको थियो भने कविता प्रतियोगितामा कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको एउटा मात्रै समुह बनाएर सञ्चालन गरेको थियो ।
चित्रकला प्रतियोगितामा समुह (क) बाट एभरेष्ट बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययनरत छात्र इभान्जल थापा प्रथम भएका थिए भने दिप बोर्डिङ्ग स्कुलको कक्षा ६ मा पढ्ने सम्राट श्रेष्ठ द्धितिय र देवदह बोर्डिङ्ग स्कुलको कक्षा ६ मा पढ्ने एलिना श्रेष्ठ तृतिय भएकी थिइन । त्यस्तै सोही प्रतियोगिताको समुह–ख बाट दिप बोर्डिङ्गका कक्षा ९ मा पढ्ने कृष राना प्रथम, आवर पिस ल्याण्ड स्कुल कक्षा १० मा अध्ययनरत छात्र शुशिल थापा द्धितिय र कालिका मानव ज्ञान स्कुल कक्षा ९ का राजन न्यौपाने तृतिय भएका छन् ।
त्यस्तै बालगित प्रतियोगिता समुह (क) बाट एभरेष्ट स्कुल कक्षा ६ मा अध्ययनरत कलश भट्टराई प्रथम, केरवानी मावि कक्षा ६ मा अध्ययनरत मनिषा भुसाल द्धितिय र न्यु लुम्बिनी बोर्डिङ्ग स्कुल कक्षा ५ मा अध्ययनरत खुशी घर्ति मगर तृतिय भएका छन् । सोही प्रतियोगिताको समुह ख बाट न्यु लुम्बिनी बोर्डिङ्ग स्कुल कक्षा १० मा अध्ययनरत रेनुका सुनार प्रथम, दिप बोर्डिङ्ग कक्षा १० मा अध्ययनरत सुजिता सुवेदी द्धितिय र एभरेष्ट बोर्डिङ स्कुल कक्षा १० का सौमन्य मोक्तान तृतिय भएका छन् ।
त्यसैगरी बाल कविता प्रतियोगितामा कालिका मानवज्ञान स्कुल कक्षा ८ मा अध्ययनरत विवेक खराल प्रथम, केरवानी मावि कक्षा १० का सुदिप ढकाल द्धितिय, सगरमाथा मावि कक्षा ९ की ओजस्वी न्यौपाने तृतिय भएकी छन भने उक्त प्रतियोगितामा देवदह बोर्डिङ्ग स्कुल कक्षा १० मा अध्ययनरत छात्रा कृष्टिना थापा र लुम्बिनी बोर्डिङ्ग स्कुल कक्षा ९ मा अध्ययनरत छात्र समिर घिमिरे सान्त्वना भएका छन् ।
चित्रकला प्रतियोगितामा नेपाल ब्यावसायिक कलाकार संघ रुपन्देहीका अध्यक्ष बेनप्रसाद थापा र सोही संघका सल्लाहकार एचवि रम्तेलले निर्णायकको भुमिका निर्वाह गनुृभएको थियो । त्यस्तै बालगित तर्फ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनीका उपाध्यक्ष नारायणबहादुर थापा, छमछमी कला केन्द्रका सञ्चालक किशोर थापा र गायक तथा संगितकार टिकाराम गौतमले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । त्यसरी नै कविता प्रतियोगितामा बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका सचिव दलबहादुर गुरुङ्ग, लुम्बिनी बाङ्य प्रतिष्ठान रुपन्देहीका सचिव कृष्ण गाउले, साहित्य संगम बुटवलकी गितारानी बलालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
बाल संगठनद्धारा आयोजित कविता तथा बाल गित प्रतियोगितामा बाध्यबादकको रुपमा कलाकारहरु बिजय सापकोटा, रमेश कौशल, रमेश रेश्मी मगर र सेजन बयम्बु मगर रहनुभएको सबै प्रतियोगिताको सञ्चालन रेडियो उद्घोषक कृष्ण पाण्डेले गर्नु भएको थियो भने प्रतियोगितामा कालिका मानवज्ञान क्याम्पसमा रहेको कानुन विद्यार्थी समाजका अध्यक्ष सन्दिप पौडेल क्षेत्री लगायतको समुहले स्वयंसेवकिय भूमिका निर्वाह गरेको थियो ।
नेपाल बाल संगठन रुपन्देहीका सभापति साजन भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष बिधा न्यौपानेले भर्चुअल माध्यमबाट शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा कार्य समिति उपसभापति अन्जु श्रेष्ठको स्वागत मन्तव्य र सचिव कल्पना पाण्डे मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा सहभागी भई उत्कृष्ट छात्रछात्रालाई राष्ट्रिय बाल दिवसको अवसरमा भाद्र २९ गते पुरस्कार वितरण गरिने तथा सोही दिन बुटवल र भैरहवा बाल मन्दिरमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको जिल्ला समितिका सभापति साजन भण्डारीले सिम्रिक आवाजलाई बताउनुभएको छ ।