बाल बालिकालाई न्यानो कपडा वितरण

बिज्ञापन

रुपन्देही // रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित सृजनशिल नेपालका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। नेपाल बाल संगठन रुपन्देहीले सडक आश्रति बालबालिका पुनर्स्थापना केन्द्र सृजनशिल नेपालका बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । सडक आश्रति बालबालिका पुनर्स्थापना केन्द्र सृजनशिल नेपालका १८ जना बालबालिकालाई ट्राक सुट वितरण गरिएको संगठनका सदस्य तारा पुरीले जानकारी दिनुभएको थियो ।

बिज्ञापन

शुक्रबार एक कार्यक्रमको आयोजना गरि तिलोत्तमा नगरपालिकाको नगर उप-प्रमुख जागेश्वरी देवि चौधरीले बालबालिकालाई ट्र्याक सुट वितरण गर्नु भएको हो । आफ्नो जन्म दिनकै दिन नेपाल बाल संगठन रुपन्देहीले यो अवसर जुराईदिएर मानवीय कार्यमा सहभागी हुन पाउँदा खुसी ब्यक्त गर्दै उक्त ट्र्याक सुटले बालबालिकालाई चिसो बाट जोगाउन सहयोग पुग्ने बताउनु भएको थियो ।

नेपाल बाल संगठन रुपन्देहीका अध्यक्ष साजन भण्डारीले बालबालिकालाई परेको अप्ठेरोमा नेपाल बाल संगठन सदैव साथ दिन तयार रहेको बताउनु भएको थियो ।

बिज्ञापन

उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका स्थानीय बाल अधिकार संरक्षण समिती संयोजक बिमला श्रेष्ठ, नेपाल बाल संगठन जिल्ला कार्यसमिति सदस्य तारा पुरी ,सृजनशिल नेपाल संस्थाकि उपाध्यक्ष सबिना पोखरेल , कार्यलय प्रमुख दिपा बुढा मगर , लेखा सहायक विशाल थापा, संस्थाकि कार्यक्रम संयोजक प्रतिमा पन्थी , मिना कडेल , देवि राणा लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा बिजय अमगाई

एमाले प्रतिनिधि परिषद् बैठकमा प्रविधिको उच्च प्रयोग, सबै दस्तावेज एपबाट हेर्न सकिने

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ को मृत्यु, दुलहासहित ५२ जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले युएईसँग खेल्दै

ऐतिहासिक जितगढीः बुटवलको गौरव

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज : नेपाल यूएईसँग खेल्दै

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो