बाल दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण: कामना सेवा विकास बैंक

देवदह // कामना सेवा विकास बैंकले बाल दिवसको अवसरमा बालबालिका सँग कामना सेवा विकास बैंक भन्ने मुल नाराका साथ रुपन्देही जिल्ला, देवदह नगरपालिका वडा नं.–६, शिवालयटोल, स्थित श्री सत्य साई विद्या पिठ प्राथामिक विद्यालयमा अध्यनरत सम्पुर्ण बालबालिकाहरुलाई जुस तथा मिठाई बाडी खुसि साटासाट गदै शैक्षिक सामाग्री समेत हस्तान्तरण गरेको छ ।

शाखा कार्यलय खैरेनीद्घारा आयोजित सामाजिक उत्तरदायित्व अन्तर्गतको उक्त कार्यक्रम देवदह नगरपालिका वडा नं.–६ का अध्यक्ष श्री खेम बहादुर थापाको प्रमुख अतिथ्यता तथा स्कुल व्यवस्थापन समितिका अध्यक्ष श्री रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै विशिष्ट अतिथिको रुपमा बैंकका कोटिहवा कलस्टर प्रमुख श्री रवि पौडेलले कार्यक्रमको उदेश्य र बैंकको बारेमा मन्तब्य दिनु भएको थियो भने प्रअ श्री राम बरण यादवले स्वागत मन्तव्य दिनु भएको थियो । उक्त कार्याक्रममा बैंकका शाखा इन्चार्ज सिताराम श्रेष्ठ लगायत बैंक कर्मचारीहरु, विद्यालय समितिका पदाधिकारीहरु, शिक्षक शिक्षिका, वडा सदस्य, अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यस बैंकको हाल देशै भरी छरिएर रहेका १३५ शाखाबाट विभिन्न क्षेत्रमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने कुरा कलस्टर प्रमुख रवि पौडेलले प्रष्ट पार्नुभएको थियो ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते