बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता सम्पन्न

बिज्ञापन

देवदह // रुपन्देहीको देवदहमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। ५८ ओैँ राष्ट्रिय बाल दिवसकाे अवसरमा देवदह नगरपालिकाद्वारा आयाेजित ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ बिषयक वक्तृत्वकला प्रतियाेगितामा ११२.५ अंक सहित देवदह मा.वि की कृष्टिना न्यौपाने प्रथम भएकी छिन्।

बिज्ञापन

प्रतियाेगितामा १०९.८ अंक सहित देवदह इ. बो. स्कुलको बृन्दा पाण्डे द्वितिय, १०६ अंक सहित सगरमाथा आवसिय मा.विकी सन्तोषी सापकोटा तृतीय स्थान एवम् १०४ अंक सहित सेभेन स्टारको करिष्मा बैजाली र खड्ग मा.वि. कि विशाखा क्षेत्रीले सान्त्वना स्थान हासिल गरेकी थिइन् । १५० पुर्णाक राखिएकाे प्रतियाेगितामा २० विद्यालय सहभागी भएका थिए। वक्तृत्वकला प्रतियाेगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने प्रतियाेगिहरूले क्रमश ६ हजार ५ हजार र ४ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन ।

त्यस्तै आधारभुत तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा मा देवदह बुद्ध पब्लिक ई. बो. स्कुल प्रथम, देवदह ई. बो. स्कुल द्धितिय र  नमुना एभरग्रीन ई. बो. स्कुल तृतिय हुन सफल भएका थिए। सोही प्रतियाेगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने प्रतियाेगिहरूलाई क्रमश १० हजार ९ हजार र ८ हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए।

बिज्ञापन

कार्यक्रममा बाेल्दै देवदह नगरप्रमुख ध्रुर्व प्रसाद खरेलले देवदह नगरपालिका आधारभुत विद्यालयलाई नमुना विद्यालय बनाउने गरि अगाडि बढेको बताउनुभयो। नगरपालिकाले शिक्षामा ठूलो लगानी गरेता पनि माध्यमिक शिक्षा हासिल गरेपछी जनशक्ति पलायन हुने समस्या रहेको बताए। यहाका जनशक्तिलाई स्वदेशमै केही गर्न सक्ने गरी शिपमुलक शिक्षा, वैज्ञानिक शिक्षालाई अगाडी बढाउनु पर्ने बताउनुभयो। उहाले बाल मैत्रीक समाज निर्माण गर्ने कुरामा परिवार, शिक्षक तथा सरकार सबै लाग्नु पर्ने बेला आएको बताउनुभयो। उहाले बालबालिकाकाे नेतृत्व विकासका लागि नगरपालिकाले पहल गरीरहेकाे समेत बताउनुभएको थियो।

कार्यक्रममा देवदह नगरपालिका नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह नगरपालिकाको शिक्षा शाखा अधिकृत टिकाराम चापागाईं, श्री महामाया भवानी मा.वि को प्रधानाध्यापक ऋषिशोर अर्याल , भविष्य निर्माण मा.वि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झबिन्द्र पाण्डे लगाएतले बोल्दै बालबालिकाकाे अधिकार हनन हुन नदिन सचेत हुनु पर्नेमा जाेड दिएका थिए ।

कार्यक्रम देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, देवदह नगरपालिका नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ को स्वागत र देवदह नगरपालिकाको विद्यालय निरीक्षक प्रशुराम ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा बिजय अमगाई

एमाले प्रतिनिधि परिषद् बैठकमा प्रविधिको उच्च प्रयोग, सबै दस्तावेज एपबाट हेर्न सकिने

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ को मृत्यु, दुलहासहित ५२ जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले युएईसँग खेल्दै

ऐतिहासिक जितगढीः बुटवलको गौरव

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज : नेपाल यूएईसँग खेल्दै

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो