बाल दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता

देवदह । रुपन्देहीको देवदहमा राष्ट्रिय बाल दिवस २०७९ को अवसरमा शुक्रबार बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

बिज्ञापन

देवदह नगरपालिका वडा नं ५ ले “बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार” शिर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
वडा भित्र रहेका ५ वटा विद्यालयबाट १० जना विद्यार्थी  सहभागिता जनाएको प्रतियोगितामा न्यु लुम्बिनी बोर्डिङ स्कुलको छात्रा विष्णु पौडेलले १०० अंकमा ७९ अंक ल्याइ प्रथम भएकी छिन्। त्यस्तै देवदह मदर टङग्स एकेडेमीको छात्रा दिब्या सुनार ७५ अंक सहित दितृय, केरवानी मा.वि कि छात्रा संस्कृति घर्ती ७४ अंक सहित तितृय र बुद्ध पब्लिक ईङ्लिस बोर्डिङ स्कुलका छात्र सुबोध पन्थ ७० अंक सहित सान्तवना हुन सफल भएका थिए।

प्रथम, दितृय र तितृय हुनेलाई क्रमश नगद पन्ध्र सय, एक हजार, ५ सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वना हुनेलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।देवदह नगरपालीकाको नगर प्रमुख धुर्व खरेल , नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, वडा अध्यक्ष गणेश डुम्रे लगाएतले वितरण गर्नुभएको थियो ।

बिज्ञापन

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवदह नगरपालिकाको नगर प्रमुख धुर्व खरेलले बाल बालिकाको भविष्य हामी अभिभावकको जिम्मेवारी हुन् । बालबालिकाको पहिलो पाठशाला घर हो र जे घरको वातावरण भयो सोहि अनुसार बालबालिकाले सिक्ने हुदा अभिभावकले घरमा पनि गणस्तरिय वातावरण गराउन आग्रह गर्नु भएको थियो। सभ्य समाज निर्माण गर्न बालमैत्री समाज हुन जरुरी रहेको र देवदह नगरपालिका बाल मैत्री नगर घोषणा गर्ने गरि अगाडी बढेको बताउनु भयो। उहाले बालअधिकारको संरक्षणका लागि घरपरिवार, विद्यालय देखि समाज सम्बेदनशिल बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममै बोल्दै देवदह नगरपालिका नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ , देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल लगाएतले बोल्दै प्रतियोगिताको माध्यमबाट विद्यार्थीले बाल मैत्री नगर बनाउन स्थानीय तहले गर्नु पर्ने कार्यहरु सुझाव दिनु भएको र सो सुझावहरु लाइ समेटेर अगाडी बढ्ने बताउनु भएको थियो ।

कार्यक्रम देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेको अध्यक्षता र  अरुणा भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन