बाल दिवसका अवसरमा रचनात्मक कार्यक्रम गर्ने तयारी गर्दै बाल संगठन रुपन्देही

बुटवल । नेपाल बाल संगठनले आगामी बाल दिवसमा अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने तयारी गरेको छ । नेपाल बाल संगठनको कार्यालय, बुटवलको बाल मन्दिरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा यहि भदौ १८ गते विद्यालय स्तरका विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको संगठनका अध्यक्ष साजन भण्डारीले जानकारी गराउनुभएको थियो ।

संगठनले बाल दिवसका अवसरमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको बिचमा चित्रकला प्रतियोगिता, कविता प्रतियोगिता र बालगित प्रतियोगिता आयोजना गर्ने बाल संगठन रुपन्देहीका सभापति साजन भन्डारीले बताउनुभएको हो । वहाले – ‘विभिन्न विद्यालयहरुमा सहभागिताका लागि पत्राचार गरिएको छ । हामीले कक्षा १ देखि ६ सम्मको लागि एउटा समुह र कक्षा ७ देखि १० सम्मको लागि अर्काे समुह बनाएका छौं ।’ – सभापति भण्डारीले भन्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका सभापति साजन भण्डारीले विद्यार्थी सहभागी गराउने विद्यालयहरुले आफ्नो विद्यालयको लेटरहेडमा यहि भाद्र १५ गतेसम्म विद्यार्थीको नाम सिफारिस गर्नुपर्ने समेत बताउनुभएको थियो ।

प्रत्येक विद्यालयले एउटा समुहमा १ जना विद्यार्थी सहभागी गराउन पाउने गरी ब्यवस्था गरिएको संगठनकी उपाध्यक्ष तथा बाल कविता प्रतियोगिताको संयोजक अन्जु श्रेष्ठले बताउनुभएको थियो ।

कार्यक्रममा सहभागीमध्येबाट उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको ब्यवस्था गरिएको छ । पहिलो हुनेलाई ८ हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई २ हजार ५ सय सहित प्रमाणपत्र समेत प्रदान गरिने संगठनकी सचिव तथा चित्रकला प्रतियोगिताको संयोजक कल्पना मगरले बताउनुभएको थियो ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण