बालेनको सिको गर्दै बुट्वलमा पनि सार्वजनिक शौचालय अभियान सुरु

बुटवल । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले राजधानीका होटल, रेष्टुरेन्ट तथा अन्य संस्थाका शौचालय सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्ने योजना सफल हुँदै यसको विस्तार देशका अन्य क्षेत्रमा पनि पुगेको छ । महानगरमा होटल र रेष्टुरेन्टलाई सार्वजनिक शौचालय बनाउने योजना अघि बढेसँगै बुटवलमा समेत यसको प्रयोग सुरु भएको छ । बुटवलमा अहिलेसम्म ३ स्थानमा सार्वजनिक शौचालयको सुरुवात भइसकेको छ।

बिज्ञापन

बुटवलको दुर्गा मन्दिर स्थित मालिका किचन एन्ड लज, मिलनचोक स्थित चिकन स्टेशन र मिलनचोकमै रहेको स्वस्तिक रिकङडीशनले आफ्ना शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने भएका छन् । नीजि होटल तथा संघसंस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिनलाई बुटवलको मिलनचोकमा रहेको शाइन डिजाइन एण्ड प्रिन्टले ब्यानरको सौजन्य गरेको छ ।

बुटवलका मुख्य मुख्य स्थानमा पनि सार्वजनिक शौचालय नहुँदा यात्रुहरुलाई समस्या परेकाले नीजी संघ संस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिनका लागि आफूले अन्य होटल, रेष्टुरेण्ट लगायत विभिन्न संघ संस्थाहरुलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग व्यवस्था गरिएको शाइन डिजाइन एण्ड प्रिन्टका प्रोप्राइटर राजीव भुसाले जानकारी दिए । यस्तै कपिलबस्तुको ४ नम्बरमा रहेको द डिजिटल एण्ड क्याफेले पनि आफ्नो शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोगको व्यवस्था मिलाएको प्रोपाइटर भुसालले बताए ।

बिज्ञापन

बुटवलमा शैचालयसँगै यात्रुहरुका लागि खानेपानीको समस्या रहेकाले सार्वजनिक शौचालयसँगै खानेपानीको पनि व्यवस्था मिलाउन आग्रह गरेको बताए । अहिलेसम्म बुटवलमा धेरै नीजि संघसंस्थाले आफ्ना शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिन इच्छुक रहेको बताउँदै ती सबैलाई आफूले ब्यानरको व्यवस्था गराइदिने भुसालले बताए ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन