बालशिक्षा देखि कक्षा १२ सम्म निःशुल्क पठनपाठन गर्न पाउने वातावरण सृजना गर्ने: हिराबहादुर खत्री

देवदह । शिक्षा, स्वास्थय, कृषि र खेलकुदमा फड्को मार्दै अगाडी बढ्ने आफुहरुको पहिलो एजेण्डा भएको देवदह गठबन्धनका मेयर पदका उमेदवार हिराबहादुर खत्रीले बताउनु भएको छ । उहाले बालशिक्षा देखि कक्षा १२ सम्म निःशुल्क पठनपाठन गर्न पाउने वातावरण सृजना गर्ने उल्लेख गर्नु भयो । देवदह गठबन्धनले चुनावी अभियानलाई तिब्रता दिने क्रममा आज वडा नं ३ मा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । २०७४ सालको निर्वाचनबाट मेयर पदमा निर्वाचित भैसक्नु भएका नेता खत्रीले निःशुल्क शिक्षाको व्यवस्था अघिल्लो कार्यकालमा नै पूरा गर्ने योजना लिए पनि विभिन्न कारणले गर्दा अगाडी सारिएका काम पनि पूरा गर्न नसकिएको दुःखेसो व्यक्त गर्दै यो कार्यकालमा पूरा गरेरै छाडने प्रतिवद्धता जनाउनु भयो । अघिल्लो निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरि चुनावी मैदानमा होमिएको थियो । सो निर्वाचनमा देवदहमा रहेको १२ वटा वाडबाट आफुहरुको बहुमतको जित नभएको र उपमेयर पदमा पनि जित हासिल गर्न नसकेको र आफु एक्लै भएको कारणले आफुले लिएका प्रतिवद्धता र अगाडी सारेका कामहरु पूरा गर्न नसकेको भन्दै यो पटक आ गठबन्धनलाई मत दिएर जिताउन आग्रह गर्नु भएको थियो । नेता खत्रीले देवदहमा अझै थुप्रै वाडहरुमा खरका छाना रहेकोले विस्तारै खरका छाना हटाई जस्तापाताले घर श्रृङ्गारिने बताउनु भयो । आफु पनि किसानको छोरा भएकाले किसानका सबै समस्या र पिडा थाहा भएको भन्दै नेता खत्रीले कृषकले राहत पाउने खालका कामहरु सञ्चालन भैरहेको र अझ त्यसलाई व्यवस्थित बनाउदै लैजाने प्रतिवद्धता जनाउनु भएको थियो । त्यस्तै गरि गठबन्धन टोलीले वडा नं ४ मा पनि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा वडा नं ३ र ४ बाट नेपाली कांग्रेसबाट वडा अध्यक्ष, सदस्य लगाएतका पदका उमेदवारहरुको पनि सहभागिता रहेको थियो ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना