बालकुमारी घटनामा ज्यान गुमाएका सुजनको अन्त्येष्टि

बिज्ञापन

सुर्खेत ।  ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखकाे महाबु गाउँपालिका–६ रानीवनका सुजन रावतको अन्त्येष्टि गरिएकाे छ ।

बिज्ञापन

आज मङ्गलवार श्रीस्थानकाे आर्यघाटमा सुजनकाे हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएकाे हाे । यसअघि आजै दिउँसाे सुजनकाे शवयात्रा गरिएकाे थियाे ।

सुजनकाे शव काठमाण्डाैबाट सुर्खेतसम्म हवाईजहाज र सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेखकाे कालीदत्त गुल्म पुर्‍याइएकाे थियाे । गुल्मको गेटदेखि तीन सय मिटर दूरीमा रहेको घरमा पुर्‍याई सुजनकाे शवयात्रा शुरु भएकाे हाे । शवयात्रामा आफन्तसहित स्थानीयवासीकाे सहभागिता थियाे ।

बिज्ञापन

गएको शुक्रवार ललितपुरको बालकुमारीमा रहेकाे ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजनसहित अछामका वीरेन्द्र शाहको ज्यान गएको थियाे । हिजाे साेमवार गृह मन्त्रालयमा चार बुँदे सहमतिपछि परिवारजनले शव बुझेका थिए ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व