बाढी प्रभावित ६० परिवारलाई राप्रपाले दियो खाद्यान्न

रुपन्देही। रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ स्थित रेरहा मा बाढी बाट प्रभावित ६० घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । राप्रपा देवदह नगर समितीले विपत व्यवस्थापन समिती अघिल्लो दिन अवलोकन गरि केही दिनलाई पुग्ने खाद्यान्न उपलब्ध गराएको हो । राप्रपा देवदह नगर समितिले बाढिबाट प्रभावीत रेरहा बस्तिका ६० घरपरिवारका लागि  चामल, आटा , तेल, नुन, दाल, स्वायबिन लगाएतको खाद्यान्न  बितरण गरेको हो । त्यस्तै देवदह ८ स्थित भाटाटोलका ३ र बंगालाका ३ बाढीले प्रभावित घर परिवारलाई राहत वितरण गरेको थियो ।

राहत वितरण कार्यक्रममा बोल्दै राप्रपा देवदह नगर समितिका अध्यक्ष माधव रिमालले अकस्मात आईपरेको यो बाढिले गर्दा प्रभावित परिवारलाई केही राहत महसुस होस् भनेर केही दिनको लागि गाँस टार्नलाई खाद्यान्न वितरण गरेको बताउनुभयो । उहाँले नगरपालिकालाई पनि उक्त ठाउको स्थिति बारे बताएको र छिटो भन्दा छिटो आवस्यक कदम चाल्न आग्रह गरेको बताउनुभयो ।

राहत वितरण कार्यक्रममा राप्रपा देवदह ११ का वडा अध्यक्ष दुदनाथ यादब, राप्रपा नेता ज्ञानु तिवारी, कमल प्रसाद गौतम ,विनोद विक लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने