बाँके प्रहरीको हिरासत कक्षमा कैदी बन्दीको मृत्यु

नेपालगञ्ज । बाँके प्रहरी मातहतको हिरासत कक्षमा अर्को बन्दीको मृत्यु भएको छ । एक हप्ताको अन्तरमा अर्को बन्दीको प्रहरी हिरासतमा मृत्यु भएको घटना घटेको हो ।

बिज्ञापन

कोहलपुर नगरपालिका वडा नं. १२ का ४६ बर्षीय कृष्ण लाल कुवंरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरस्थित टवाईलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको छ । कुवंरको बुधबार बिहान करिब ५ बजे तिर मृत्यु भएको भनिएको छ ।
हिरासत कक्षबाट टवाइलेट गएका उक्त कैदीबन्दी कुवंरटवाईलेटको भ्यान्टीलेटरमा टि सर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको प्रहरी रिर्पोटमा उल्लेख गरिएको छ ।

कुवंरलाई बैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरि म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले हिरासतमा राखेको थियो । मृत्यु भएका ब्यक्तिमा पत्थरीको समस्या भएकोले औषधी सेवन गर्ने गरेको पारिवारिक स्रोतले बताएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एव प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले घट्नालगत्तै मानव अधिकारकर्मी, जनप्रतिनिधि बसेर मुचुल्का उठाई पोष्टमार्टका लागि भेरी अस्पताल पठाइएको जानकारी दिए । यस्तै घटना नेपालगञ्ज वडा नं २ घरबारी टोलका सुन्दर हरिजनको पनि रोल्पा कारागारको टवाईलेटमै झुण्डिएर मृत्यु भएको छ । कारागारमा रहेका बिजय बिक्रमको सजाय हरिजनलाई भुक्तान गर्न लगाई बिजय बिक्रम हरिजनको नामबाट कारागारबाट रिहा भइसकेका छन् ।

घटना शंकास्पद भएको भन्दै छानबिनका लागि आफन्तहरुले दवाब दिन नेपालगञ्जमा बिरोध प्रर्दशन गरेका छन् ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन