सर्लाही। सर्लाहीमा स्थानिय र सुरक्षाकर्मि मिलेर नदिमा अस्थायी तटबन्ध निर्माण गरेका छन । जिल्लाको कौडेना गाउँपालिका ६ सक्रौल स्थित लखनदेही नदिमा उनिहरुले तटबन्ध निर्माण गरेका हुन।
कौडेना – ६ र ७ नंवर वडाका सक्रौल तथा शिवनगरमा रहेका करिब १५० भन्दा बढी घरधुरीलाई बाढिबाट जोगाउन यहाँ तटबन्ध निर्माण गरिएको हो। बाध फुटेको खण्डमा यहाँका दुई वटा वडा र खेतियोग्य जमिनमा क्षति पुग्ने देखिएको थियो
नदिको उर्लदो भेलको कटानले कम्जोर र जोखिमपुर्ब बनेको बाध स्थानिय र सुरक्षाकर्मि सहितको टोलीले निर्माण गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहिले बताएको छ।
तटबन्ध निर्माणमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका पदाधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल सहित जनताको तटबन्ध कार्यक्रम कार्यालयका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधी, स्थानियबासी गरी १ सय जनाको सक्रिय सहभागिता थियो।
जोखिमपूर्ण अबस्थामा रहेको बस्तिलाई जोगाउन नदीमा बाँध निर्माण गरीदिएकोमा सुरक्षाकर्मीहरुलाई स्थानीयले धन्याबाद दिएका छन।