बर्दियाबाट २७ ग्राम ब्राउन सुगर सहित पक्राउ

बर्दिया । बर्दिया (गुलरिया) मा लागु औषध ब्राउन सुगर सहित एक कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा नेपालगंजबाट लागू औषध ब्यूरो र बर्दिया प्रहरीको संयुक्त टोलीले गुलरिया बजार सहिद पार्क नजिकैबाट बा ८५ प ९८२८ नम्वरको बुलेट मोटरसाइकल सहित गुलरिया नगरपालिका–२ खैरापुरका ३५ वर्षीय अकलेश यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यादवको मोटरसाईकल रोकी प्रहरीले खानतलासी गर्दा लागु औषध बरामद भएको हो । प्रहरीले खानतलासी गर्दा यादवको साथबाट ३० वटा साना–साना पुरिया बनाई राखेको लागु औषध ब्राउन सुगर प्रहरीले फेला पारेको हो । उनको साथबाट २७ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर र एक मोबाईल समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका यादव लागु औषधको कारोबारी रहेको खुल्न आएको डिएसपी हेम बहादुर शाहीले बताए । यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको शाहिले जानकारी दिए ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण