‘बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ’- अध्यक्ष ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत स्थानीय तहमा निर्वाचित हुने दावी गरेका छन् ।

शनिबार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनसँग एक्लै लडेर बहुमत स्थानीय तहमा जित हासिल गर्ने बताएका हुन् ।

‘आउँदो निर्वाचनमा बहुमत स्थानीय तहमा जित्छौं, के गर्लान् विचराहरु रु भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ’ उनले भने ।

ओलीले अघि भने, ‘बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’ उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि बहुमत ल्याउने दावी गरे ।

नेकपा एमाले, वौद्धिक क्षेत्र र सञ्चार माध्यमको दबावले मात्र सरकार चुनाव घोषणा गर्न बाध्य भएको भन्दै ओलीले सत्तारुढ गठबन्धन एमालेको वर्चश्व भएकै कारण स्थानीय चुनावबाट डराएको बताए ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना