बंगलादेश विरुद्धको मैत्रीपुर्ण खेलमा नेपाल २–१ ले विजयी

काठमाडौं। बंगलादेश विरुद्धको मैत्रीपुर्ण खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको छ। दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै नेपालले २–० को अग्रता बनाएको थियो ।

पहिलो हाफमा नेपालबाट सविता राना र प्रीति राईले एक–एक गोल गरे । दुबै खेलाडीले राष्ट्रिय टिमका लागि आफ्नो पहिलो खेलमै गोल गरेका हुन् ।

सबिताले१४ औं मिनेटमै विमला चौधरीको क्रसलाई सदुपयोग गर्दै हेड गोल गरिन् । त्यसैगरी, २२ औं मिनेटमा प्रीतिले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ८३ औ मिनेटमा बंगलादेशबाट तोहुरा खातुनले एक गोल फर्काइन् । नेपालले एएफसी महिला एशियन कप – २०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । दुई टोलीबीच आइतबार दोस्रो मैत्रिपूर्ण खेल हुनेछ ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते