बंगलादेशकाे अन्तरिम सरकारमा विद्यार्थी नेता आसिफ महोमद र नाहिद इस्लाम बने मन्त्री

बुटवल । १५ वर्ष लगातार बंगलादेशमा शासन गरेकी शेख हसिना आफ्नो सरकारविरोधी आन्दोलनका कारण ज्यानै खतरामा परेपछि गत सोमबार देश छोडे लगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए ।

बंगलादेशका विद्यार्थी नेताले अन्तरिम सरकार नोबेल विजेता मोहम्मद युनुसको नेतृत्वमा गठन गरिनुपर्ने बताउदै आए अनुसार नै सन् २००६ को नोवेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वमा गठन भएकाे  १७ सदस्यीय अन्तरिम सरकारमा दुई जना विद्यार्थी नेता परेका छन् ।

दुवै विद्यार्थी नेता बंगलादेशको ढाका विश्वविद्यालयका हुन् । २५ वर्षीय आसिफ महोमद सजिब भुइयान र २६ वर्षीय नाहिद इस्लाम युनुस सरकारमा अटेका छन् ।

बिहीबार शपथ लिएका दुई विद्यार्थी नेताले शुक्रबार मन्त्रालयको जिम्मेवारी पाएका छन् । आसिफले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउँदा नाहिदले हुलाक दूरसञ्चार तथा सूचना प्रविधि मन्त्रालय पाएको बंगलादेशी मिडियाले लेखेका छन् ।

भारतीय अखबार दि हिन्दूका अनुसार आसिफ ढाका विश्वविद्यालयका भाषाविज्ञान संकायका स्नातकोत्तर तहका विद्यार्थी र नाहिद समाजशास्त्रका विद्यार्थी हुन् । आसिफ सन् २०१७ र २०१८ को व्याचका विद्यार्थी तथा ढाका विश्वविद्यालयका छात्र अधिकार परिषद्का विद्यार्थी नेता हुन् ।

नाहिद सन् २०१६ र २०१७ को व्याचका विद्यार्थी भएको भारतीय समाचार पोर्टल दि वायरले उल्लेख गरेको छ । आसिफ र नाहिद दुवै बंगलादेशको जुलाई १५ बाट चर्किएको कोटाविरोधी आन्दोलनका अग्र पंक्तिका विद्यार्थी नेता हुन् । आसिफ पूर्वी बंगलादेशको कुमिला महानगरका हुन् । नाहिद चैँ ढाकाकै रैथाने हुन् ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी