प्रेस चौतारी नेपाल पाल्पा शाखाको शुभकामना आदानप्रदान तथा बुलेटिन विमोचन कार्यक्रम सम्पन्न

बिज्ञापन

जनक भट्टराई पाल्पा // प्रेस चौतारी नेपाल पाल्पा शाखाले बडादशैं, दिपावली, छठ २०८० तथा नेपाल सम्बत् ११४४ को अवसरमा शुभकामना आदान प्रदान तथा चौतारी बुलेटिन विमोचन कार्यक्रम सम्म्पन्न गरेको छ। प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

बिज्ञापन

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले वर्तमान अवस्थामा सरकार निरीह रहेको र श्रमजीवी बर्ग महङ्गिले छट्पटाइरहेको बेला सञ्चारकर्मीले महङ्गीको खबरदारि गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले व्यवसायिक सुदृढिकरणसँगै संगठन बलियो बनाउने अभियानमा लाग्न प्रेस चौतारीका सदस्यहरुको ध्यानाकर्षण गराउनुभयो।

कार्यक्रमा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेशसभा सदस्य खेम बहादुर सारु, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशिका गैरे, रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारी, पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठक, प्रवक्ता टिका बहादुर थापा, प्रेस चौतारी लुम्बिनी प्रदेश ईन्चार्ज कमलराज तिमिल्सेना, जिल्ला ईन्चार्ज अमृता अनमोल लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो।

बिज्ञापन

कार्यक्रममा प्रेस चौतारीको वर्तमान अवस्था, एमाले नेतृत्व संग प्रेस चौतारी कार्यक्रमको समीक्षा र भावि कार्यदिशाबारे छलफल गरिएको थियो। कार्यक्रम प्रेस चौतारी नेपाल पाल्पाका सचिव नारायण न्यौपानेको सञ्चालन सम्पन्न भएको थियो।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व