- किताब वा खेलौना स्वभावले निर्धारण गर्छ
लाग्दैन बच्चाले हर गल्ति आमाकै कारण गर्छ। - शरीरले शरीर लुटेको खबर त बाहिर आउदैन यहाँ
मनले मन लुटेको खबर झन कसले प्रसारण गर्छ ? - खेति उसले पनि गरेकै हो कागजका गराहरुमा
फरक यति हो बाली होइन अनुदान भण्डारण गर्छ। - कदम कदममा गलतको बिरोधि बन्छ, जो
एकदिन शालिक बनेर सधैलाइ मौनधारण गर्छ - संसारकै खुसी त्यतिबेला सम्झन्छिन आफुलाइ
जब बच्चाले पहिलो शब्द आमा उच्चारण गर्छ।
- चलाउनलाइ सम्बन्ध रोकिएको सम्पर्क ,जारी हुनुपर्छ
म भन्दिन एउटा सधै देउता,र अर्को पुजारि हुनुपर्छ। - सानो बच्चा पनि संसारकै ,अग्लो मान्छे हुनसक्छ
बस एकपटक बुबाको काधको, सवारी हुनुपर्छ। - जहिले सुत्छौ अनि सपनामै, हारे भन्छौ यार
संसार जित्न त काधमा ,जिम्मेवारी हुनुपर्छ। - फुलिसके कपाल चाउरिएछ गाला ,र पनि भन्दै छ
बिहे गर्छु फेरि गर्छु केटि चाहिँ कुमारी हुनुपर्छ । - सुम्पियो तन मन माया दियो, दियो सबै कुरा
समाजको डरले एकदिन वारि पारी हुनुपर्छ ।
- फुलेको मखमलिलाइ सधै ,तिहार नआउन सक्छ ।
जस्तो कि यसपाली पर्देशि ,निधार नआउन सक्छ । - सजाउछे सारा सृष्टि उ चकित मोहित बनाउछे जो
हो नारी हो उ नारी हो शृङ्गार नआउन सक्छ - बाआमा लाइ त्यही छोराको सधै भइरहन्छ एउटै पिर
सपना लिइ उडेको मौरी, फर्की घार नआउन सक्छ - मनले भन्छ नरुवाउ भो मित्र होस या दुश्मनको मन
दिमाख भन्छ नछोड मौका, बारबार नआउन सक्छ - आकाशलाइ बा आमा धर्ती मानेर हुर्किएकी म
जे भोगे त्यही सिके मैले ,संस्कार नआउन सक्छ ।
© प्रेमा पराजुली
उज्यालो लाल्टिन प्रतिष्ठान