प्रभु बैंक लिमिटेड र श्रीकृष्ण पोलि क्लिनिक प्राली बिच सम्झौता

देवदह // प्रभु बैंक लिमिटेड र देवदह स्थित श्रीकृष्ण पोलि क्लिनिक प्रालिका बिचमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका तर्फबाट खैरेनी शाखा कार्यालय प्रमुख सरोज ज्ञवाली र श्रीकृष्ण पोलि क्लिनिक प्रालिका तर्फबाट अध्यक्ष कृष्णप्रसाद गैंरेद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरेका ग्राहकहरुलाई श्रीकृष्ण पोलि क्लिनिक प्रालिद्धारा सञ्चालित डिजिटल एक्स–रे, भिडियो एक्स–रे र इसीजी सेवामा १० प्रतिशत छुट दिने सम्झौता भएको छ । त्यस्तै ओ.पि.डीमा चिकित्सक शूल्क टिकटमा ५० प्रतिशत, र ल्याब परीक्षणमा १५ प्रतिशत साथै औषधीमा ३ देखि ५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको क्लिनिकका अध्यक्ष गैरेले बताउनु भएको छ ।

सम्झौता अनुसार प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा श्रीकृष्ण पोलि क्लिनिक प्रा. लि.का उल्लेखित सेवाहरुमा छुट प्राप्त हुने व्यवस्था मिलाइएको जनाएको छ ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते