काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।
देउवाले आज मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाउनुभएको थियो। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति कार्यालयले जारी गरेको सुचना अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिइएको छ। हमाल गैर सांसद हुनुहुन्छ ।
यस्तै रामकुमारी झाँक्री शहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ।