प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र कर्णाली विजयी

काठमाण्डाै । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेश विजयी भएका छन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एफीएफले बाग्मती प्रदेशलाई ८९ रनले हरायो । एफीएफले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको बाग्मती ४२ ओभर ५ बलमा १ सय ५२ रनमा अल आउट भयो । बाग्मतीका कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए । एपीएफका कप्तान रोहित पौडेलले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनायो । एपीएफका सन्दीप जोराले शतक बनाए । जोरा १ सय १७ बलमा १ सय १२ रन बनाएर आउट भए । बाग्मतीका सूर्य तामाङले ३ तथा प्रतिस जीसी र रिजन ढकालले समान ३ विकेट लिए ।

यस्तै आजै भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । गण्डकीले दिएको १ सय २३ रनको लक्ष्य कर्णालीले ३३ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । कर्णालीका हिमांशु शाहीले ५३ रन बनाए । गण्डकीका अङ्कित न्यौपानेले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनायो । गण्डकीका अमृत गुरुङ र कमल परियारले सर्वाधिक समान २१ रन बनाए । कर्णालीका अनुज चनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान २ विकेट लिए ।

यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । प्रतियोगितामा पहिलो पटक ‘राउन्ड रोबिन’ अर्थात् सबै टोलीले एकअर्कासँग खेल्नेछन् । हरेक टोलीले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटकदेखि शीर्ष ४ टोलीले ‘इलिट ट्रफी’ पनि खेल्न पाउने भएका छन् ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना