प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी

बुटवल । नेपाल पुलिस क्लबका ललित राजवंशी प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कपअन्तर्गत कर्णाली प्रदेशविरुद्ध ६ विकेट लिएसँगै ललितले १०० विकेटको आँकडा पूरा गरेका हुन् ।

उनले ४२ खेलको ४० इनिङमा १०० विकेट पूरा गरेका हुन् । १ हजार १३ रन खर्चिएका उनले ४५ मेडन ओभर गरेका छन् । जारी प्रधानमन्त्री कपमा मात्रै ललितले ३६ विकेट लिएका छन् । उनले यो सिजनमा ८ खेल खेलेका छन् ।

पीएम कपमा सर्वाधिक विकेट लिनेको सूचीको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका शाहब आलम छन् । उनले ४८ खेलको ४६ इनिङमा ९९ विकेट लिएका छन् । तेस्रो नम्बरमा रहेका शेर मल्लले ६९ विकेट लिएका छन् ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने