प्रदेश सरकारको आवश्यकता छैन : कमल थापा

बिज्ञापन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन् । बलियो केन्द्रिय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यक्ता नरहेको बताएका हुन् । बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको पनि बताए ।

बिज्ञापन

अहिलेको निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले पनि अब समानुपातिक निर्वाचन प्रणालीमा जान उपयुक्त हुने तर्क अध्यक्ष थापाको थियो ।  संघीयताको वर्तमान स्वरूपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुईवटा तहको संघीय स्वरुप कायम गर्न उपयुक्त हुन्छ र प्रदेश सरकारको आवश्यक्ता छैन भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता रहेको छ ।’ अध्यक्ष थापाले राष्ट्रवादी शक्तिहरु बीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताए । उनले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दावी समेत गरे ।

सम्बन्धित खवर

रुपन्देहीको देवदहमा संचालित मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

उनी संग फेरी भेटै भएन…

पाल्पामा बोक्सी झार्न भन्दै महिलामाथि निर्मम कुटपिट

आईपीएल फाइनल आज: उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै

पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान देशभर सुरु

देवदहमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृकेटर सन्दीप लामिछानेको अमेरिका यात्रा आउने सातासम्म निश्चित हुने

सडक निर्माणमा अलपत्र पारेकाे भन्दै मेयर बालेनले खन्याए सडक विभाग अगाडी एक ट्रक धूलो