सुर्खेत । प्रदेश तहमा पहिलो महिला सभामुखका खरुपमा कर्णाली प्रदेशमा नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । वहाँले आइतवार नै पद तथा गोपनीयताको सपथ ग्रहण समेत गरिसक्नुभएको छ ।
प्रदेश प्रमुख तिलक परियारले वहाँकै कार्यालयमा एक कार्यक्रमका बीच नवनिर्वाचित सभामुखलाई शपथ ग्रहण गराउनुभएको हो ।
नेकपा (एमाले) बाट प्रदेशसभामा निर्वाचित गुरुङ सत्ता गठबन्धनबाट सभामुख बन्नुभएको हो ।