प्रदुषण बढेकाे भन्दै सिजी सिमेन्ट उद्योगमा स्थानीयले गरे तालाबन्दी

बिज्ञापन

बुटवल । पाल्पाकाे रैनादेवी छहरा गाउँपालिका २ सर्देवामा रहेको सिजी सिमेन्ट उद्योग स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन ।

बिज्ञापन

 उद्योगमा तालाबन्दी गरेपछि निर्माणका काम ठप्प भएको छ । पटक पटक अनुरोध गर्दा समेत आफ्‍ना मागहरू पूरा नगरेको भन्दै शनिबार स्थानीय बासिन्दाले सिजी सिमेन्ट उद्योगको प्रशासनमा तालाबन्दी गरेका हुन ।

स्थानीय बासिन्दाले अत्याधिक धुलोधूवाँ गराएको, कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको आरोपमा तालाबन्दी गरेको र कम्पनीले आफ्‍ना मागप्रति वेवास्ता गरेकाले तालाबन्दी गरेको स्थानीय बिजय ज्ञवालीले जानकारी दिनुभयो ।

बिज्ञापन

रैनादेवी छहरा गाउँपालिकाका २ वडाअध्यक्ष दान बहादुर पौडेल स्थानीय बासिन्दा र कम्पनीका प्रतिनिधिहरु बिच छलफल भइरहे पनि सहमती हुन नसक्दा स्थानीय युवाहरुले कार्यालयमा ताला लगाएकाे बताउनु भएकाे छ ।

वडा अध्यक्ष दान बहादुर पौडेलले जनप्रतिनिधि, स्थानीय समाजसेवी, अगुवा बसेर समस्या समाधान गर्ने पहल गरेको र स्थानीय सरकारले कम्पनी संग समन्वय गरेर वातावरणीय प्रदूषण कम गराउने धुलोधूवाँले पारेको असर प्रति सजग गराएको र केही दिन समय दिदा पनि मागप्रति वेवास्ता गरे आफुपनि स्थानीय बासिन्दाको पक्षमा रहेर दवाव दिने बताउनु भयो ।

कम्पनीका प्रतिनिधि पदम बहादुर सिंहले सोमादीको सर्देवामा सिजि सिमेन्ट उद्योगले झण्डै ५ सय रोपनी जग्गा खरिद गरेर काम गरेको बताउदै कम्पनी अहीले सूरुवाती चरणमा भएको हुदा केही समस्या भएको र चाडै यस बिषयमा प्राबिधिकहरुको टोली लिएर समस्या हल गर्ने बताउदै गाउँपालिका भित्रका बिधालयहरुमा आबश्यक सहयोग गरेको स्वास्थ्य जस्तो संबेदनशिल बिषमा एम्बुलेन्स मार्फत सेवा दिएको समेत बताउदै कम्पनीले पनि बाटोमा दैनिक पानी छ्यापेर धुलो न्युनीकरण गरेको ढल ब्यावस्थापन गरेको स्थानीयहरु समेत रोजगारमा जोडेर स्थानीयहरुकै सहयोगमा कम्पनी चल्ने बताउनुभयो

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व