देवदह । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन रुपन्देहीद्धारा आयोजित प्रथम नेशनल प्याव्सन कप जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी ग्यालेक्सी बोडिङ्ग स्कुलले हात पारेको छ । छात्र तर्फको प्रतियोगिताको फाईनल खेलमा देवदह बोडिङ्ग स्कुललाई २५–१२, २५–२० को सोझो सेटमा पराजित गर्दै
ग्यालेक्सी बोडिङ्ग स्कुलले उपाधी हात पारेको हो ।
उपाधी जिते संगै ग्यालेक्सी बोडिङ्ग स्कुलले नगद १० हजार, ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको देवदह बोडिङ्ग स्कुलले नगद ७ हजार, ट्रफी प्राप्त गरेको खेल संयोजक कमल पौडेलले जानकारी दिनु भयो ।
पहिलो सेमिफाईनलमा देवदह बोडिङ्ग स्कुलले सगरमाथा आवासीय माविलाई २–१ को सेटमा हराउदै फाईनल प्रवेश गरेको थियो । खेलमा देवदह बोडिङ्ग स्कुलले २५–१७, १५–८ मा दुई सेट जित्न सफल भएको थियो भने सगरमाथाले २५–२१ म एक सेट जितेको थियो । यसैगरी दोश्रो सेमिफाईनल खेलमा ग्यालेक्सी बोडिङ्ग स्कुलले सेन्ट जोसेफ स्कुललाई सोझो सेटमा हराउदै फाईनलमा प्रवेश गरेको थियो । खेलमा ग्यालेक्सी बोडिङ्ग स्कुलले २५–१४, २५–१८ मा सेन्ट जोसेफलाई हराएको थियो । प्रतियोगितामा सगरमाथा आवासीय स्कुल र सेन्ट जोसेफ तृतिय हुँदै दुबै टिमले नगद ५/५ हजार ट्रफी प्राप्त गरेका छन् ।
यसैगरी छात्रा तर्फको प्रतियोगितामा देवदह बोडिङ्ग स्कुल प्रथम भएको छ । फाईनल खेलमा कोलिय बोडिङ्ग स्कुललाई सोझो सेटमा हराउदै देवदह बोडिङ्ग स्कुलले उपाधी संगै नगद १० हजार, ट्रफी प्राप्त गरेको छ । खेलमा उपविजेत बनेको कोलिय बोडिङ्ग स्कुलले नगद ७ हजार, ट्रफी प्राप्त गरेको छ । खेलमा सगरमाथा र न्यू लुम्बिनी बोर्डिङ स्कुलले तृतिय हुँदै नगद ५ हजार र ट्रफी प्राप्त गरेको संयोजक पौडेलले जानकारी दिनु भयो ।
कार्यक्रमको समापन समारोहमा मन्तव्य व्यक्त गर्दै नेशनल प्याब्सनका केन्द्रिय सचीव कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरुलाई खेलको माध्यम बाट प्रतिभा प्रष्फुटन गरि अगाडी बढ्न आग्रह गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पौडेलले नगर, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय खेलाडीको रुपमा समेत सफलता हासिल गर्न सुभेच्छा
प्रकट गर्नुभएको थियो। इप्सा देवदहका अध्यक्ष राम बहादुर गुरुङले समेत विजेता खेलाडीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो।