प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर बने, चुनावबाटै धुलो चटाउँछौं : रायमाझी

बिज्ञापन

बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले एमाले र केपी ओलीविरुद्धको महागठबन्धनलाई चुनावबाटै परास्त गर्ने बताएका छन् ।

बिज्ञापन

रायमाझीले भने, ‘पार्टी एकतालाई व्यक्तिगत फाइदाको लागि उपयोग गर्न खोज्नुभयो । अनावश्यकरूपमा खिचलो सिर्जना गरेर फुटाउने कुचेष्टा गर्नुभयो । हामीले अन्तिमसम्म ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध राख्न खोज्यौं तर उहाँहरूको नियत ठीक नभएकाले नेकपा छाडेर भाग्नुभयो ।’

पूर्वमाओवादी समूहका नेता रायमाझीले केपी ओलीले समृद्धिको नेतृत्व गरेका कारण आफूहरू प्रचण्डसँग जान नसकेको भन्दै ओली र एमालेविरुद्धको महागठबन्धनलाई परास्त गरिने बताए ।

बिज्ञापन

रायमाझीले भने, ‘सूर्य र गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लडेर जित्ने अनि रुख चिन्हको नेतालाई प्रधानमन्त्री बनाउन हिँड्नेहरूले ऐतिहासिक भूल गरेका छन् । कांग्रेसको पुच्छर भएर हिँडेकाहरूले समाजवादको कुरा गर्न सुहाउँदैन ।’

रायमाझीले आफ्नै बुतामा चुनाव लडेर जित्ने हिम्मत नभएपछि कांग्रेसको सहारा खोज्न प्रचण्ड माधव हिँडिरहेको आरोप लगाए ।

सम्बन्धित खवर

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा बिजय अमगाई

एमाले प्रतिनिधि परिषद् बैठकमा प्रविधिको उच्च प्रयोग, सबै दस्तावेज एपबाट हेर्न सकिने

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ को मृत्यु, दुलहासहित ५२ जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले युएईसँग खेल्दै

ऐतिहासिक जितगढीः बुटवलको गौरव

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज : नेपाल यूएईसँग खेल्दै

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो