प्यूठानमा काठ तस्करीको आरोपमा ५ जनामाथी अदालतमा मुद्धा दर्ता

पक्राउ पर्नेहरुमा सरुमारानी गाउँपालिका वडा नम्वर १ बस्ने अशोक गुरुङ, द्रोण बहादुर सुनार, दुर्गा बहादुर विक सुनार, बोम बहादुर कुमाल र वडा नम्वर ३ गोठेरी हंसपुरका सन्तोष कुमार विक रहेको डिभिजन वन कार्यालय प्यूठानका सहायक वन अधिकृत दिपक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार तस्करहरुले प्रयोग गरेको लु ४ त १७३३ नम्बरको ट्याक्टर समेत बरामद भएको छ ।

स्थानिय अशोक गुरुङको घरमा माटोले पुरेर राखेको अवस्थामा ७६ थान चिरानको ४४.५५ क्युफिट सालको काठ फेला परेको सहायक वन अधिकृत केसीले बताउनुभयो।

अशोकको बयान र घटनाको अनुसन्धानको क्रममा थप अन्य व्यक्ति संलग्न रहेको खुलेको केसीको भनाई छ । काठ तस्करीको आरोपमा समातिएका ५ जना ब्याक्ती माथी डिभिजन वन कार्यालयले आवास्यक अनुसन्धान सकेर प्यूठान जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ ।अदालतमा आरोपीहरुको बयान लिने काम भइरहेको समेत केसीले जानकारी दिनुभयो ।
गत असारमा अबैध ढंगबाट काठ काटेर चोरी तस्करी भईरहेको भन्दै स्थानीयले वन कार्यालयमा जानकारी दिएपछि साल कटानको घटना वाहिर आएको थियो ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने