प्यूठानमा अघि बढ्यो एमाले, मतदाताको मनमा बस्दै सूर्य

प्यूठान । । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं प्युठान जिल्ला इन्चार्ज सूर्य थापा चुनाव केन्द्रीत अभियानमा सक्रिय छन् । प्यूठानको झिमरूक गाउँपालिका वडा नंवर १ मा जन्मेका थापा यहाँ लामो समयदेखि निर्वाचन क्षेत्रमा पार्टीका चुनावी गतिविधिमा सहभागी छन् । निर्वाचनमा पार्टीलाई जिताउन र संगठन बलियो बनाउन पार्टी कार्यक्रम बनाएर उनी निरन्तर प्यूठानका घर गाउँमा पुगिरहेका हुन।

बिज्ञापन

एमाले प्यूठानबाट प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि सर्वसम्मत रुपमा उम्मेदवार टुंगाईसकेको छ । प्रतिनिधिसभा तर्फ एमालेका ‘अलराउन्डर’ युवा नेता सूर्य थापा, प्रदेश ‘क’ मा तुल्सीराम शर्मा र प्रदेश ‘ख’ मा हरि प्रसाद रिजालको नाम सर्वसम्मत रुपमा सिफारीस भएको छ ।जिल्लामा दिनहुँ हुने विभिन्न पार्टी कार्यक्रममा प्यूठान इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सूर्य थापा सहितका नेता पुग्ने गरेका छन् । उनीहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनमा विगतमा एमालेले देशव्यापी रुपमा गरेको विकासका काम,आगामी दिनका लक्ष्य र पार्टीका एजेन्डालाई मतदातामाझ पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टीका नेता कार्यकर्ता समेत उत्साहित भएर संगठन निर्माण तथा परिचालनमा लागेको एमाले प्युठानले जनाएको छ ।
निर्वाचन लक्षित कार्यक्रम तथा योजना बनाउनका लागि पार्टीले जिल्ला कमिटी, प्रदेश क्षेत्रीय कमिटी, विभिन्न विभाग, जनसंगठन कमिटी लगायतको बैठक तथा भेला गर्दै आएको छ। जिल्लाका सवै स्थानीय तहको पालिका कमिटीको बैठक बस्न थालेका छन् ।

प्यूठानमा विभिन्न पार्टी छाडेर धेरै नेता/कार्यकर्ता एमालेमा गोलबन्द भएको बताउदै यो क्रम अझै जारी रहने पोलिटव्यूरो सदस्य तथा प्यूठान इन्चार्ज थापाले बताउनुभयो ।
असाेज ७ गतेदेखि एमालेले जिल्ला, प्रदेश र पालिका तहमा बैठक, भेला र अभिमुखीकरण कार्यक्रमलाई तीब्रता दिएको छ। यसै क्रममा ९ गते नौबहिनीकाे बाहनेबाट थालिएको पालिकास्तरीय निर्वाचन तयारीकाे अभियान १५ गते ऐरावतिमा पुगेर सम्पन्न गरिनेछ। यस अभियानले पार्टीलाई निर्वाचनको तयारीमा एकजुट, सक्रिय र याेजनाबद्द रूपमा अघि बढाउन महत्त्वपूर्ण याेगदान गर्ने अपेक्षा रहेको छ।

बिज्ञापन

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा