प्युठानमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १२ जना घाइते

प्युठान । प्युठानमा फोर्स जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।

बिज्ञापन

दुर्घटनामा प्युठान नगरपालिका वडा नम्बर-५,पातलकटेरीका ४६ वर्षीय खुमन थापा, निजकी श्रीमती ४६ वर्षिया बच्ची थापा(जुनकी) सोही ठाउँकै वर्ष ५२ कि महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनकारी दिएका छन्। प्युठानको बिजुवारबाट पुर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप प्युठान नगरपालिका-५ पुर्णागाउँ नजिक कुडापानीको घुम्टीमा मध्यरातमा अनियंत्रित भई दुर्घटना भएको हो।

प्रहरी निरीक्षक थापाका अनुसार दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका -५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीय गोरी घर्ती, १९ वर्षीय बिरि कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीय निमा खत्री, ३० वर्षीय जुठी महरा, १८ वर्षीय कुमारी महरा, ४१ वर्षीय नखी महरा, ४७ वर्षिय गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन्। घाइते मध्य ६ जनाको बिजुवार अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ। जिप अनियंत्रित भइ सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको छ। चालक प्युठान नगरपालिका- ९ का २३ वर्षीय बिनोद के.एम सामान्य घाइते रहेका छन्। रातको समय भएकाले उद्घार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन् । घटना स्थलमा नेपाल प्रहरी स्थानीय बासी जनप्रतिनिधिले घाईतेको उद्घार गरेका थिए।

बिज्ञापन

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा