प्युठानमा एमालेबाट सुर्य थापाको एकल नाम सिफारिस

प्युठानमा एमालेबाट सुर्य थापाको एकल नाम सिफारिस प्युठान । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्युठान जिल्ला इन्चार्ज सुर्य थापा प्युठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस हुनुभएको छ ।

थापालाई पार्टीले पहिलोपटक प्रत्यक्ष निर्वाचनमा उठाएको हो।
सोमबार बसेको जिल्ला समितिको चौथो पुर्ण बैठकले नेता थापाको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको जिल्ला सचिब माधब पौडेलले जानकारी दिनुभयो । पत्रकारिता पृष्ठभुमिबाट एमालेको पार्टी राजनीतिमा आएका थापा तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीको प्रेस सल्लाहकार समेत हुनुभएको थियो । सचिब पौडेलका अनुसार प्युठानमा प्रत्यक्षतर्फ प्रदेश (क)बाट एमालेको लुम्विनी प्रदेश सचिबालय सदस्य तुलसिराम शर्मा र प्रदेश (ख) बाट केन्द्रीय सदस्य एवं प्युठान जिल्ला सहईन्चार्ज हरिप्रसाद रिजालको एकल नाम सिफारिस गरेको हो ।

रिजाल २०७४ सालको निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाब जितेर लुम्बिनी प्रदेशको सहरी तथा ग्रामीण बिकाश मन्त्री समेत बन्नुभएको थियो।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते