प्युठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान । प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन्।

उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकको समर्थन पाएकी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
थापाले ४१ हजार ११८ मत पाए भने पौडेलले ३५ हजार ८४४ मत पाइन्।  थापा नेकपा एमालेका पाेलिटब्यूराे सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पाैडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन्। पौडेलले २०७४ मा कांग्रेस नेता डा. गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन्। प्रतिनिधिसभामा यहाँ ८८ हजार ४७ मत खसेको थियो।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी