प्याव्सन देवदहद्वारा संचालित खेल महोत्सवको तेश्रो दिन विभिन्न खेलहरु सम्पन्न

बिज्ञापन

देवदह // रुपन्देहीको देवदहमा संचालन भएको तेश्रो प्याव्सन खेल महोत्सव–२०८० अन्तर्गत तेश्रो दिन विभिन्न खेलहरु सम्पन्न भएको छ । प्याव्सन देवदह नगर समितिको आयोजनामा उक्त खेल महोत्सव भएको हो । खेल महोत्सवमा प्याव्सन देवदहमा आवद्ध संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ ।

बिज्ञापन

खेल महोत्सव अन्तर्गत भएको सिनियर छात्रा तर्फ भएको २ सय मिटर रिलेमा ग्रिन प्लान्ट स्कुल प्रथम, सेभेनस्टार स्कुल द्धितिय, एशियनलाईट स्कुल तृतिय भएको छ । सोही खेलको जुनियर छात्र तर्फ भएको खेलमा एशियनलाईट स्कुल प्रथम, देवदह बुद्ध पव्लिक स्कुल द्धितिय, नारायणी पव्लिक स्कुल तृतिय भएको छ । त्यसैगरी सिनियर छात्र तर्फ भएको ४ मिटर रिले दौडमा देवदह मदर टङ्गस एकेडेमी प्रथम, सेभेन स्टार स्कुल द्धितिय, मदरल्याण एकेडेमी तृतिय भएको छ । सोही खेलको जुनियर छात्र तर्फ भएको खेलमा देवदह मदरटङ्गस एकेडेमी प्रथम, एशियनलाईट स्कुल द्धितिय, देवदह बुद्ध पव्लिक स्कुल तृतिय भएको छ ।

यसैगरी सिनियर छात्रा तर्फ भएको सय मिटर रिलेमा ग्रिन प्लान्ट स्कुल प्रथम, देवदह बुद्ध पव्लिक स्कुल द्धितिय, सेभेनस्टार स्कुल तृतिय भएको छ भने छात्र तर्फ भएको खेलमा एशियनलाईट स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, सेभेनस्टार स्कुल तृतिय भएको छ । त्यसैगरी जुनियर छात्रा तर्फ भएको सय मिटर रिलेमा बुद्ध पव्लिक स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, सेभेनस्टार स्कुल तृतिय भएको छ भने छात्र तर्फ भएको खेलमा बुद्ध पव्लिक स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, सेभेनस्टार स्कुल तृतिय भएको छ ।

बिज्ञापन

प्याव्सन खेल महोत्सव–२०८० को भलिवल प्रतियोगिता अन्तर्गत देवदह बुद्ध पव्लिक स्कुल र एशियनलाईट स्कुल फाईनलमा प्रवेश गरेको छ । सेमिफाईनल खेलमा देवदह बुद्ध पव्लिक स्कुलले देवदह मदरटङ्गस एकेडेमीलाई हराउदै फाईनलमा प्रवेश गरेको हो । खेलमा सोझो सेटमा देवदह मदरटङ्गस एकेडेमीलाई हराउदै देवदह बुद्ध पव्लिक स्कुल फाईनलमा प्रवेश गरेको हो । यसैगरी एशियनलाईट स्कुलले सेमिफाईनल खेलमा सेभेन स्टार स्कुललाई हराउदै फाईनलमा प्रवेश गरेको हो । खेलमा सोझो सेटमा सेभेनस्टार स्कुललाई हराउदै एशियनलाईट स्कुल फाईनलमा प्रवेश गरेको हो ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व