प्याब्सन सैनामैनाको अध्यक्षमा धर्मराज घिमिरे सर्वसम्मत चयन

सैनामैना । प्याव्सन सैनामैनाको अध्यक्षमा श्री बुद्ध इङलिस स्कुलका प्राचार्य धर्मराज घिमिरे सर्वसम्मत रुपमा चयन हुनुभएको छ । प्यावसन सैनामैनाको आज सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले नया नेतृत्व चयन गरेको हो । जसको सचिवमा टोपलाल भट्टराई, कोषाध्यक्षमा सागर केसी तथा सदस्यहरुमा शुसिला शर्मा र मेघराज अर्याल निर्विरोध चयन हुनुभएको हो ।

तेस्रो साधारणसभा तथा दोस्रो अघिवेशन कार्यक्रमको पहिलो सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले सरकारले सामुदायिक र संस्थागत बिद्यालयको बिचमा असमान नितिहरु अबलम्बन गरेको भन्दै आलोचना गर्नुभयो । तेस्तै उहाँले कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका कारण चपेटामा परेका विद्यालयहरुलाइ सहजताका साथ सरकार र सङ्गठनको निर्देशन अनुसार अगाडी बढ्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद शर्मा, प्याब्सन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष अनन्तराम शर्मा, प्याब्सन रुपन्देही उपाध्यक्ष एकनारायण काफ्ले, रुपन्देही सचिव लक्ष्मण ज्ञवाली र सैनामैना अभिभावक सघका अध्यक्ष बिष्णु पाण्डेले लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रम प्याब्सन सैनामैनाका अध्यक्ष भिजराज पौडेलको अध्यक्षता, प्याब्सन रुपन्देही जिल्ला अध्यक्ष लेखनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रम प्याब्सन सैनामैनाका कोषाध्यक्ष टोपलाल भट्टराईको स्वागत तथा सचिव धर्मराज घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने