प्याब्सन देवदह नगर समितिद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

देवदह // रुपन्देहीको देवदहमा प्याब्सन देवदह नगर समितिले २०७८ सालको एसईई परीक्षामा ३.६ वा सो भन्दा माथि जीपीए ल्याएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । देवदह भित्र रहेका विद्यालयका विद्यार्थीहरुलाई सनिवार सम्मान–पत्रद्वारा सम्मान गरिएको हो ।

बिज्ञापन

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रमुख धुर्व खरेलले शिक्षामा रुपान्तरण जरुरी रहेको बताउदै अब शिक्षालाई प्राविधिक शिक्षा संग जोड्न आवश्यक रहेको बताउनुभयो। उहाले संस्थागत र सामुदायिक विद्यालयमा अन्तर रहेको र संस्थागत विद्यालयको व्यवस्थापन उत्कृष्ट छ जुन सामुदायिक विद्यालयमा केही कमजोरी रह्यो त्यो कारणले गर्दा पनि सामुदायिक विद्यालय पछि परेको बताउनुभयो । उहाले देवदहलाई शैक्षिक हवको रुपमा विकास गर्न सामुदायिक र संस्थागत दुबैको सहकार्य जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, नगर शिक्षा अधिकृत पर्शुराम ढकाल, प्याब्सन देवदहका प्रमुख सल्लाहकार बोधराज गौडेल, प्याब्सन देवदहका सल्लाहकार एकनारायण काफ्ले, नगर शिक्षा समिति सदस्य चक्रपाणी तिवारी, सञ्चारकर्मी त्रीलोचन दाहाल, देवदह मदर टङ्गसका भिम गुरुङ, रेडियो देवदह तथा सेभेन स्टार स्कुलका अध्यक्ष प्रजापति सापकोटा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोविन्द ठट्ट्राई, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष टंक पोखरेल लगाएतले बोल्दै सभ्य समाज निर्माणका लागि गुणस्तर शिक्षा आवश्यक रहेको बताएका थिए ।

बिज्ञापन

सोही कार्यक्रममा देवदह नगरपालिकाले सञ्चालन गरेको कक्षा ५ र ८ मा उत्कृष्ट आउने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम प्याब्सन नगर समिति अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता , कोषाध्यक्ष टिकाराम चापागाईंको स्वागत र सचिब कृष्ण गैरेको सञ्चालनमा भएको थियो ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन