प्याब्सन देवदहद्वारा ट्राफिक सचेतना र विद्यार्थीलाई मोटिभेसनल कार्यक्रम सम्पन्न

देवदह । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) देवदहले विद्यार्थीलाई मोटिभेसनल र विद्यालयमा कार्यरत चालक तथा सह चालकलाई ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई मोटिभेशनल कार्यक्रम सम्पन्न गरिएको हो । विद्यार्थीहरुलाई अनुशासित, संस्कारित सङ्गै अध्ययन अध्यापनमा प्रेरित गर्ने उद्देश्यले मोटिभेशनल कार्यक्रम गरिएको प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रशिक्षक एंव मोटिभेटर विष्णु प्रसाद देवकोटाले विद्यार्थीलाई प्रशिक्षण दिनु भएको थियो । विद्यार्थीहरुले पालना गर्नुपर्ने अनुशासन, उनीहरुको ब्यक्तित्व बिकास, असल बानी ब्यवहार, अभिभावकप्रतिको जिम्वेवारी, संस्कार र संस्कृति, काम र पढाईबिचको समन्वय लगायतका बिषयमा प्रशिक्षण गराइएको थियो । कार्यक्रममा प्याब्सन देवदहमा आबद्ध विद्यालयका ८५० जना बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाको उपप्रमुख विद्या लक्ष्मी गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै शिक्षा ज्ञानको ज्योति भएको र शिक्षा विना जीवन अन्धकार रहेको बताउनुभयो । विद्यार्थीले अभिभावक तथा शिक्षकले भनेका कुरा मानेर अनुशासित भएर पढ्न समेत विद्यार्थीलाई आग्रह गर्नुभयो । निजि विद्यालय शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उपप्रमुख गुरुङले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले विशेष योजना बनाएर काम गरिरहेको बताउनुभयो ।

त्यस्तै प्याब्सन देवदहमा आवद्ध रहेका विद्यालयमा सवारी चालक र सह चालकको रुपमा कार्यरत कर्मचारीलाई ट्राफिक सम्बन्धि सचेतना कार्यक्रम समेत सम्पन्न भएको छ ।

सवारी साधन चलाउदा ध्यानदिनु पर्ने बिषय, ट्राफिक संकेतलगायतका बिषयमा चालक र सहचालकलाई सहजीकरण गरिएको थियो ।

प्याब्सन देवदहका नगर अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष टिकाराम चापागाईंको स्वागत र सचिव कृष्ण गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी