प्याब्सन देवदहद्वारा आयोजित तेश्रो खेल महोत्सव सुरु

बिज्ञापन

रुपन्देही । प्याब्सन देवदहद्वारा आयोजित तेश्रो खेल महोत्सव सुरु भएको छ । मंगलबार एक कार्यक्रमबीच प्याब्सनका केन्द्रिय कमिटी उपाध्यक्ष विष्णु प्रसाद पन्थीले देवदह ५ स्थित पानाबारी खेल मैदानमा महोत्सवको उद्घाटन गर्नुभएको हो ।

बिज्ञापन

कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष पन्थीले राज्यको शैक्षिक भार निजि विद्यालयले पनि ग्रहण गरिरहेको बताउदै निजी क्षेत्रका शिक्षण संस्थाले शैक्षिक क्षेत्रमा पुगाएको योगदान राज्यले कदर गर्नु पर्नेमा जोड दिनुभयो । उहाले विद्यालय स्तरका प्रतियोगिताले खेलाडी उत्पादनसँगै खेलकुदको विकासमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डे, प्याब्सन केन्द्रिय कमिटी सदस्य लेखनाथ न्यौपाने, नेकपा एमाले रुपन्देही क्षेत्र नं १ का सह संयोजक प्रकाश अर्याल, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल, देवदह बुद्ध पब्लिक आवसीय मा.विका संचालक समितिका अध्यक्ष जयकिशन अधिकारी, नेपाल रेड क्रस सोसाइटी देवदह उपशाखाका सभापति कृष्ण प्रसाद न्यौपाने, नेपाल पुस्तक व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष गोपाल प्रसाद बस्याल, देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ, अफिसियल रेफ्री अमृत काफ्ले लगाएतले आ-आफ्नो भनाई राख्नुभएको थियो।

बिज्ञापन

प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा खेल संयोजक बोधराज गौडेलले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रम प्याब्सन देवदहका सचिब कृष्ण गैरेको सञ्चालनमा भएको थियो।

उद्घाटन खेल

खेल महोत्सवको उद्घाटन खेल छेलो प्रतियोगितामा एशियन लाईट स्कुलका अबिस थेडी ९.८९ मि फाली प्रथम भएका छन्। त्यस्तै  मदर टङ्स एकेडेमीका अञ्जन बिकले ९.२० मि फाल्दै दोस्रो र सेभेन स्टार स्कुलका समिर गाहा ८.६३ मि फाल्दै तेश्रो स्थान हासिल गर्न सफल भएका थिए।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व