प्याब्सन देवदहको पाँचौं साधारण सभा सम्पन्न

बिज्ञापन

शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरु सामना गर्न नसके देशले हरेक क्षेत्रमा संकट झेल्नु पर्ने प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एक नारायण काफ्लेले बताउनु भएको छ । आफ्नो भविष्य बनाउनको लागि लाखौं युवाहरुले देशको भविष्य जोखिम पार्दै बिदेशिनु पर्ने बाध्यता राज्यले नै बनाएकोले यो समस्याको समाधान चाँडो गर्नु पर्ने उहाँले बताउनुभयो ।

बिज्ञापन

निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) देवदहको पाँचौं साधारण सभालाई सम्बोधन गर्दै उहाँले निजी विद्यालयले गुणस्तरीय र समय सापेक्ष शिक्षा प्रदान गरी दक्ष जनशक्ति तयार पारिदिए पनि राज्यले उनीहरुलाई अवसर दिन नसकेको कारण बैदेशिक पलायन बढ्दै गएको बताउनुभयो । प्याब्सन देवदहका प्रमुख सल्लाहकार बोधराज गौडेलले निजी विद्यालयको विकल्प राज्यसँग नभएको तर निजी विद्यालयको योगदानलाई राज्यले वेवास्ता गरेको बताउनुभयो । त्यसैगरी उहाँले स्थानीयतहले निजी विद्यालयहरुसँग सहकार्य नगरी गुणस्तरीय शिक्षाको परिकल्पना गर्नु दिवा सपना मात्र हो भन्नुभयो । वर्तमान संविधान र शिक्षा ऐनले शिक्षाका धेरै अधिकार स्थानीयतहलाई प्रदान गरेता पनि स्थानीयतहले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न नसकेको बताउनुभयो । त्यसैगरी सल्लाहकार महेश पराजुलीले दक्ष जनशक्ति अभावका कारण शैक्षिक संस्थाहरु बन्द हुने स्थितिमा पुगेको भन्दै यसको प्रभाव हरेक क्षेत्रमा पर्दै जाने बताउनुभयो ।

कार्यक्रममा सचिव कृष्णप्रसाद गैरेले सांगठनिक प्रतिवेदन कोषाध्यक्ष टिकाराम चापागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, सचिव कृष्णप्रसाद गैरेको सञ्चालन र कोषाध्यक्ष टिकाराम चापागाईको स्वागतमा सम्पन्न भएको थियो ।

बिज्ञापन

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै