प्याब्सन देवदहको आयोजनामा खेल महोत्सव हुने

देवदह // निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) देवदहले खेल महोत्सवको आयोजना गर्ने भएको छ। आयोजकले सोमबार पत्रकार सम्मेलन आयोजना गरी यही माघ २ गतेदेखि ५ गतेसम्म देवदह ५ स्थित पानबारी खेल मैदानमा खेल आयोजना गर्न लागिएको जानकारी दिएको हो।

प्रतियोगिताले विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट राष्ट्रको गौरव बढाउनको लागि अभिप्रेरित गर्ने हेतुले खेल महोत्सव आयोजना गर्न लागिएको खेल संयोजक बोधराज गौडेलले बताए। प्रतियोगितामा प्याब्सन देवदहमा आबद्ध ९ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहने खेल संयोजक बोधराज गौडेलले बताए। माघ २ देखि ५ गते सम्म सञ्चालन हुने खेलमा ७६५ जना बिद्यार्थी खेलाडीहरुले भाग लिने गौडेलको भनाई छ। प्रतियोगितामा सहभागी मध्ये २६६ जना विद्यार्थी पुरस्कृत हुने उनको भनाई छ ।

महोत्सवमा ३ विधामा खेलाडीले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने आयोजक समितिले जनाएको छ। सव जुनियर, जुनियर र सिनीयर तहमा छात्र-छात्रालाई दौड, रिले दौड, छेलो, ज्याब्लिङ थ्रो, भलिवल लगायत फरक–फरक खेलहरु खेलाइने छ। सब जुनियर तर्फ कक्षा १ देखि ४ सम्मका, जुनियरतर्फ कक्षा ५ देखि ७ सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउनेछन् भने सिनियरतर्फ ८ देखि कक्षा १० सम्मका विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन्।

पुरस्कार र व्यवस्थापन गरि करिव ९ लाख खर्च हुने अनुमान गरिएको तेस्रो प्याब्सन खेल महोत्सवको उद्घाटन समारोहमा प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष विष्णुप्रसाद पन्थी लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ।

कार्यक्रम प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता र सचिब कृष्ण गैरेको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या