पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध अनेरास्ववियु रुपन्देहीद्धारा खेद ब्यक्त

बुटवल । अनेरास्ववियु रुपन्देहीले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एल.पी ग्यासको मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गरेकोप्रति गम्भिर खेद प्रकट गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्काे मुल्यवृद्धि गरेकोप्रति अनेरास्ववियु रुपन्देहीले गम्भिर ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ति मार्फत परमादेशी सरकार र सरकार नियन्त्रित निकायहरु निरन्तर जनतालाई पिडाबोध गराउँदै आएकोप्रति निन्दा गरेको छ ।
अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई आम जनतामा यसको प्रत्यक्ष असर पर्ने र गरिव निमुखा जनताको ढाड नै सेकिने गरी भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन जोडदार माग गरिएको छ । विज्ञप्तिमा मागलाई अविलम्ब सम्बोधन नगरिए कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने जस्तोसुकै परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने व्यहोरा समेत जानकारी गराइएको छ ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल