पूर्वलडाकुहरु सामूहिक रूपमा एमाले प्रवेशको तयारीमा

२०७८ चैत सिम्रिक आवाज । माओवादी जनमुक्ति सेना नेपालको लडाकुहरू सामूहिकरूपमा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । ‘युद्धकालीन अपराध र मुद्दा’ लाई सम्बोधन गर्न एमाले तयार भएकाले समूहमै एमाले प्रवेश गर्ने तयारीमा उनीहरू रहेको बताएका छन् ।

बिज्ञापन

एक कार्यक्रमका बिच एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वलडाकुहरूलाई पार्टी प्रवेश गराउन लागेको बुझिएको छ । ‘जनमुक्ति सेनाका योद्धाहरूको माग, गुनासा र अप्ठ्यारा सम्बोधन गर्न एमालेसँग सकारात्मक देखिएको छ । छलफलहरू सकारात्मक हुँदै गएका छन्,’ बहिर्गमित सेनाका अध्यक्ष लेनिन विष्टले भने, ‘सामूहिक पार्टी प्रवेशको लागि मिति चाँडै तोक्ने भन्ने छ ।’
सामूहिक पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओलीले सचिव टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएका छन् ।
अध्यक्ष ओली र विष्टबीच पूर्वमाओवादी लडाकुका माग र मुद्दाका बारे तीन चरण छलफल भइसकेको र त्यसको बन्दोबस्त रायमाझीले गराएका थिए । विष्टको टोलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतसँग पनि पटक(पटक छलफल गरिसकेको छ ।

बिज्ञापन

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत राहत रकम दिने घोषणा गरेका थिए । पछि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । तर, गत १ फागुनमा रकम निकासा गर्न आदेश दिए पनि पछिल्लो सरकारले त्यसलाई सम्बोधन भने गरेको छैन ।

‘राहत मात्र होइन, पूर्वजनमुक्ति सेनालाई राज्यको तर्फबाट सम्मानपत्र, परिचयपत्रको व्यवस्था पनि ओलीज्यू प्रधानमन्त्री हुँदा नै भएको हो । यसले पनि हामीलाई हाम्रा माग सम्बोधन हुनेमा आशावादी बनाएको छ,’ विष्टले भने । उनका अनुसार सामूहिक प्रवेश गर्ने पूर्वमाओवादी लडाकुहरूको नाम संकलन भइरहेको छ ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना