पूर्वअर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णुप्रसाद पौडेलको पहलमा सम्पन्न बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने

बिज्ञापन

बुटवलमा बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ । बुटवल १० रामनगरस्थित बुटवलमण्डपमा बनेको सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाबाट उद्घाटन गर्ने कार्यक्रमको सबै तयारी पूरा भएकोे आयोजना प्रमुख धमेन्द्र पन्थीले जानकारी दिए ।

बिज्ञापन

१ अर्ब लागतमा तयार भएको बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँण, शहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वअर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णुप्रसाद पौडेललगायत उद्घाटन कार्यक्रममा आउने कार्यक्रम तय भएको छ । साढे ९ बिगाहा क्षेत्रफलमा ११ सय क्षमताको मुख्य हल र अन्य १२ वटा साना हल सम्मेलन केन्द्रमा छन् । २ हजार ७०० क्षमताको मोफसलकै ठूलो र सुविधा सम्पन्न सभाहल ८ वर्षमा तयार भएको हो । सम्मेलन केन्द्र आकाशबाट हेर्दा चन्द्र–सूर्य अंकित नेपालको झण्डा आकारको देखिन्छ ।

बिज्ञापन

एउटा ठूलो हल १ हजार १०० क्षमताको छ, अन्य ५० देखि ५५० सिट क्षमताका १२ वटा साना÷ठूला हलहरू छन् । सबै गरेर सम्मेलन केन्द्रको ‘क्यापासिटी’ २ हजार ७०० क्षमताको रहेको र सबै हल वातावरणकूलित र ठूलो हलको मात्र इन्टेरियर गरिएको आयोजना प्रमुख पन्थीले बताए । संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागको १ अर्ब ११ करोड रूपैयाँको लागतमा सम्मेलन केन्द्र बनेको हो । २०७१ साल माघ १५ गते सम्झौता भएर निर्माण शुरू भएको सम्मेलन केन्द्रले महाभूकम्प र नाकाबन्दीसँगै नदीजन्य पदार्थको अभाव खेप्नु प¥यो । दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयअवधि तोकेर काम भएको हो । तर, तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो । थप भएको म्याद अगावै निर्माण सम्पन्न गरिएको पन्थीले बताए ।

सभाहलको योजनाकार पूर्वअर्थमन्त्री एमाले उपाध्यक्ष विष्णु पौडेल हुन् । पौडेलले पार्टीको आठौं महाधिवेशनका बेला बुटवलमा स्तरीय सम्मेलन केन्द्र नभेटिएपछि यसको परिकल्पना गरेर योजना अघि बढाएको बताए । भौतिक रुपमा सम्मेलन केन्द्र तयार भए पनि सञ्चालनको मोडालिटीबारे अझै टुंगो लागिसकेको छैन । सञ्चालन कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएर आउनुपर्ने आयोजना प्रमुख पन्थीले बताए ।
संघ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन मोडालिटीबारे छलफल भइरहेको छ ।

बुटवल उपमहानगरले आफैँ सञ्चालन गर्ने गरी यसअघि नै सहमति भए पनि यसको सञ्चालन खर्च ठूलो हुने भएकाले जोखिम रहेको सरकारकै अधिकारीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र बुटवलमा बढ्दो शहरीकरणका कारण सम्मेलन केन्द्र सञ्चालन गर्न सकिने जनप्रतिनिधिहरूको भनाइ छ । आयोजनाका अनुसार सम्मेलन केन्द्रको सञ्चालन खर्च वार्षिक ३ करोड रुपैयाँ आउने पन्थीको भनाइ छ ।

अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रलाई दिगो रूपमा सञ्चालन गर्ने मोडालिटीबारे तीन तहकै सरकारबीच गहन छलफल गरी स्पष्ट योजना बनाउन आवश्यक रहेको पन्थीले बताए ।

सम्मेलन केन्द्र र सभाहलको पश्चिमपट्टी ६।५ बिगाह क्षेत्रफलमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणाधीन छ । सम्मेलन केन्द्र तयार भए पनि अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको काम भने सुस्त भएको छ । अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको भवन करिब तयार हुने चरणमा छ । ६१ प्रतिशत भौतिक प्रगति भएको पन्थीले बताए । उनका अनुसार ट्रष्टको काम भए पनि केही सामानहरू बाहिरबाट ल्याउनु परेकाले ढिलाइ भइरहेको छ । बुटवल मण्डपमा रुपन्देहीका संघसंस्थाहरूले अस्थायी संरचना बनाएर मेला महोत्सव सञ्चालन गर्दै आएका थिए ।

तर, यो प्रदर्शनी केन्द्र निर्माण सम्पन्न हुँदा यहाँका उद्योगी व्यवसायीले जाडो, गर्मी, हिउँद, वर्षा जुनसुकै बेलामा मेला महोत्सव गर्न सक्नेछन् । प्रदर्शनी केन्द्र एक अर्ब २ करोड लागतमा निर्माण भइरहेको छ । म्याद सकिएकाले आयोजनाले पुन म्याद थप्ने तयारी गरेको छ ।

निर्माण र परीक्षणसमेत भइसकेको सम्मेलन केन्द्र छिटो सञ्चालनमा ल्याउन निजी क्षेत्रले माग गर्दै आएका छन् ।

सम्बन्धित खवर

साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ बाट सम्मानित

पहिरोमा परेको बस त्रिशूलीमा डुबेपछि जसले पौडिएर ज्यान जोगाए

पोखरामा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु, ४ जना घाइते

भैरहवामा बुद्ध एयरको जहाज रनवेमा चिप्लियो, सबैजना सकुशल

नारायणगढ–मुग्लिन सडकमा पहिरोले २ वटा यात्रुबस बगायो, करिब पाँच दर्जन यात्रु बेपत्ता

शेयर बजार एक वर्षपछि २२ सय विन्दुमाथि

बागलुङमा पहिरोले घर पुरिँदा घर भित्रै सुतिरहेका एक जनाको मृत्यु

न्यू नमुनामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न