पाल्पामा २ मोटरसाइकल एक आपसमा ठोक्किंदा ५ जना घाइते

बुटवल । पूर्वी पाल्पाको रामपुरमा दुई वटा मोटसाइकल एक आपसमा ठोक्किंदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रामपुर-१० अदमाराका १६ वर्षीय आकाश सारु, सोही स्थानका १७ वर्षीय सुदिप सिंजालीमगर, स्याङ्जाको चापकोट –९, का १९ वर्षीय विदुर भण्डारी, सोही स्थानका १९ वर्षीय सुदिप भण्डारी र सोही स्थानका ६ वर्षीय बालक एलएस भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घाइतेहरूमध्ये आकाश, विदुर र सुदिपको अवस्था गम्भीर रहेको र सबै घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको उनले बताए ।

सोमबार बेलुका रामपुर–१० बर्दलेबाट रामपुर बजारतर्फ गइरहेको लु २१ प ५८४४ नम्बरको मोटरसाइकल र रामपुरतर्फ नै गइरहेको लु२१प ९९०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण