पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

पाल्पा — शिक्षक आन्दोलनका कारण तीन सातादेखि बन्द रहेको पाल्पाको माथागढी गाउँपालिका–१ स्थित ज्ञानोदय आधारभूत विद्यालय अभिभावकको दबाबपछि आजदेखि पुनः सञ्चालनमा आएको छ।

विद्यालय बन्दले विद्यार्थीको भविष्य प्रभावित हुने भन्दै सोमबार अभिभावकहरूले विद्यालयमै पुगेर व्यवस्थापन समितिमा दबाब दिएका थिए। ‘विद्यालय खोल, भविष्य जोगा’ भन्ने नारासहितको दबाबपछि पठनपाठन सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले जानकारी दिए।

उनका अनुसार अभिभावक, शिक्षक र विद्यार्थीबीच छलफलपछि आजदेखि नियमित कक्षा सञ्चालन गरिएको हो। वडा भित्रका अन्य विद्यालयहरूमा पनि क्रमशः पठनपाठन सुरु भएको छ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरू गत चैत २० गतेदेखि काठमाडौंमा आन्दोलनरत छन्।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल