पाल्पाको चारघरे र ज्यामिरे गाउँमा पुग्यो विद्युत

पाल्पा। पाल्पाको निस्दी गाउँपालिका– ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत पुगेको हो ।

करिब ८० घरपरिवारमा बिजुली बत्तीको सुविधा पुगेको र बाँकी स्थानमा पनि छिट्टै नै विस्तार गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो। साविक ज्यामिरे गाउँ विकास समिति–१को चारघरे, ज्यामिरे क्षेत्र अहिले विद्युत् सुविधा उपभोग गर्ने पहिलो गाउँ बनेको छ ।

स्थानीयवासी मुक्तबहादुर पाटाले बिजुली बत्ती उपभोग गर्न पाएपछि लेखपढ गर्न, खाना पकाउन, रेडियो सुन्न र टिभी हेर्न सजिलो भएको बताउनुभयो । लामो समयदेखि विद्युत् सेवाको पर्खाइमा रहेका निस्दीको ज्यामिरे, चारघरे गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।

टुकीको भरमा जीवन बिताएका त्यहाँका वासिन्दा विद्युत् सुविधाले गाउँ नै उज्यालो बनेको देख्दा दङ्ग भएको लालीगुराँस सामुदायिक विद्युत् सहकारी संस्थाका अध्यक्ष दुर्गबहादुर सोमैले बताउनुभयो।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण