पार्टीमा बेइमानी गर्नेलाई बेलैमा कारवाही नगर्दा समस्या भयो – एमाले नेता पोखरेल

बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीभित्र रहेर अराजक गतिविधि गर्नेलाई समयमै कारबाही गर्न नसक्दा पार्टीमा अहिलेको समस्या आएको बताएका छन् । ‘पार्टीमा रहेर अलग गुट चलाउने, आफ्नै सरकार र पार्टी अध्यक्षलाई असहयोग गर्ने, विपक्षीलाई साथ दिनेलाई समयमै कारबाही गर्न नसक्दा अहिलेको अवस्था आयो’, पोखरेलले भन्नुभयो ।

बिज्ञापन

जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल बुटवलले तयार गरेको वृत्तचित्र सार्वजनिक कार्यक्रममा बोल्दै वहाँले पार्टीमा जीवराजजस्तै कुशल संगठकको खाँचो देखिएको अहिलेको घटनाले प्रष्ट पारेको बताउनुभयो । वहाँले अनुशासनमा नबस्ने नेतालाई कार्यकर्ताले दण्डित गनुपर्ने बताउँदै अहिलेजस्तो पार्टीभित्र अनुशासनहीन नेता भए आश्रितले नछाड्ने भन्दै पार्टीमा आश्रितको अभाव भएको बताउनुभएको थियो ।

‘पार्टीलाई कमजोर बनाउनेहरुलाई एकछिन त आत्मरति मिल्ला तर पछि पक्कै महसुस हुनेछ’, माधव नेपाल समूहप्रति संकेत गर्दै वहाँले भन्नुभयो । मुख्यमन्त्री पोखरेलले पुष्पकमल दाहाल प्रचण्डकै कारण देशमा राजनीतिक संकट पैदा भएको बताउनुभयो ।

बिज्ञापन

प्रचण्डमा भएको अस्थिरता, अवसरबाद र महत्वकांक्षाकै कारण देशमा राजनीतिक संकट पैदा भएको वहाँले बताउनुभयो । प्रचण्डले एमालेभित्रको अन्तरविरोधमा खेलेर पार्टी टुक्राउने काम गरेको पोखरेलेको भनाइ छ ।

‘प्रचण्डको अवरवादी चरित्र, महत्वाकांक्षाका कारण वामपन्थी आन्दोलन नै कमजोर भएको हो’, पोखरेलले भन्नुभयो ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना